धरान / नेपालगञ्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि सुनसरीबाट  १३ खेलाडी छनौट गरिएको छ ।
धरान–१४ स्थित हात्तिसार कलेजको बास्केटबल कोर्टमा भएकाे छनाैटमा नविन राई, प्रदिप गुरुङ, सुजन राई, सर्वधन राई, वैभव योगी, सिजन धमाला, पन्चधन राई, रवि वास्फोर, सन्तोस तामाङ, विक्रम लिम्बू, सुशन श्रेष्ठ, दिवस राई र विवेकमनी श्रेष्ठ रहेका छन्।
जिल्ला टिममा दश जना मात्र खेलाडी रहने भए पनि छनौट समितिले १३ जना खेलाडी छनौट गरेको  नेपाल बास्केटवल संघका केन्द्रिय उपाध्यक्ष सुरज लामाले बताए। छनौट भएकाहरुमध्येबाट पनि प्रशिक्षणका क्रममा खेलाडीको क्षमता हेरेर प्रदेश टिमको लागि उत्कृष्ट १० जना खेलाडी छनौट गरिने प्रशिक्षक विकास चाम्लिङ राईले जनाए । प्रदेश टिम छनौट प्रतियोगिता माघ तेस्रो हप्ता हुने राष्ट्रिय खेलकुद परिषदले जनाएको छ । सुनसरी जिल्ला टिमका लागि सुनसरीका ४० जना सिनियर खेलाडीहरुले फारम भरेका थिए ।
छनौट कार्यक्रम जिल्ला खेलकुद विकास समितिको अयोजना, जिल्ला बास्केटवल संघ सुनसरीको संयोजन र धरान वास्केटवल संघको सहयोगमा सम्पन्न भएको थियो । छनौट कार्यक्रममा प्रमुख अतिथी सुरजकुमार लामा र धरान वास्केटवल संघका संस्थापक सदस्य तथा बास्केटवल संघका पूर्व केन्द्रीय सदस्य महेश श्रेष्ठले खेलाडीहरुलाई शुभकामना दिएका थिए ।