अमेरिका । संयुक्तराज्य अमेरिकाको फ्लोरिडा राजमार्गमा यात्रुबाहक सवारी साधन र इन्धन बोकेको ट्याँकर एकापसमा जुधेर भएको दुर्घटनामा सात जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । 

उक्त दुर्घटनाका क्रममा सवारी साधनमा आगो समेत लागेको थियो । उद्धारकर्मीहरुले आगो नियन्त्रणमा ल्याउनुका साथै केही घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको स्थानीय प्रहरीले जनाएको छ । आगलागीका कारण सडकमा समेत क्षति पुगेको छ । 

फ्लोरिडा राजमार्ग अनुगमन कार्यालयका प्रवक्ता प्याट्रिक रिओरडानले आगलागीको कारणबारे अनुसन्धान शुरु गरिएको जानकारी दिए । दुर्घटनामा एक परिवारका सबै सदस्य मारिएको भन्दै प्रवक्ता रिओरडानले उनीहरु सवारीसाधन जुधेर मारिएका हुन् वा आगोले डढेका हुन् भन्ने अनुसन्धान भइरहेको जानकारी दिए ।