ताप्लेजुङ । फुङलिङ नगरपालिकाको आयोजनामा जारी प्रथम मेयरकप वडास्तरिय भलिवल प्रतियोगिताको च्याम्पीयन वडा नं ५ भएको छ ।

आईतवार भएको फाईनल खेलमा वडा नं ५ ले ३–१ को सेटमा वडा नं ११ फावाखोलालाई हराएको हो । जितका लागि वडा नं ५ ले १५–२५, २७– २५, २५ –१७, र २५ –१९ को सेटको नतिजा सहित फावाखोलालाई स्तव्ध बनायो ।

यो संगै फावाखोलाले उपविजेतामा चित्त वुझाएको छ भने वडा नंं ९ ले तेस्रो स्थान हासिल गरेको छ । खेलको बिजेता वडा नं ५ ले ३ सय तोला चाँदी र २ तोला सुन जडित रनिङ कप सहित नगद ७५ हजार रुपैँया पुरस्कार पाएका छन् ।

उप–बिजेता फावाखोलाले नगद ५० हजार र तृतिय हुने हाङ्देवाले नगद २५ हजार रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । यस्तै विद्यागत रुपमा समेत सम्मान गरिएको छ ।