धरान /  धरानको व्यस्त बजार भानुचोक यति बेला बस पार्कको रुपमा चिनिन्छ । साघुरो चोकलाई भीडभाडले अस्तव्यस्त बनाएको छ । यसको रुप फर्न नयाँ योजना भने आएको छ । धरान उपमहानगरले शहरी विकास मन्त्रालयको सहयोगमा नयाँ स्वरुपमा विकास गर्न डिपिआर तयार गरेको छ । विराटनगरदेखि धरानलाई मेघा सिटी बनाउने परियोजना अन्तर्गत मन्त्रालयले भानुचोकमा बेसमेन्टसहितको पार्क निर्माण गर्ने डिपिआर तयार गरेको हो ।

डिपिआर अनुसार भानुचोक सुन्दर पार्क परिकल्पना गरिएको छ । यहाँ कुनै बस गुड्न प्रतिबन्ध लाग्नेछ । यहाँ मानवहरुको मात्र चहल पहल हुने छ । गाडी गुड्नलाई भने पार्कको वरिपरी सडक बनाउने गरि डिपिआर तयार भएको धरान उपमहानगरपालिकाका इञ्जिनियर सुरज श्रेष्ठले जानकारी दिए । यहाँको बस पार्क धरान ८मा सार्ने तयारी भएको छ । कार्यवाहक प्रमुख मञ्जु भण्डारीले माघ पहिलो सातादेखि बस पार्क सार्ने काम अगाडी बढ्ने बताएकीछन् ।