देउराली । चलचित्र ‘सय कडा दश ’यही माघ १८ गतेदेखि देशव्यापी रुपमा प्रदर्शनमा आउने भएको छ । भ्रष्टाचार विरुद्धको प्रेम कहानीमा आधारित रहेको नेपाली कथानक चलचित्र ‘सय कडा दश’ प्रदर्शनको मिति नजिकिदै गर्दा प्रचार प्रसारमा रहेको सय कडा दशका टिमले धरानमा पत्रकार सम्मेलन गरी सो जानकरी दिएको हो ।

रञ्जु प्रधानद्धारा लिखित चलचित्रलाई रामसरण पाठकले निर्देशन गरेका छन् । चर्चित कमेडिएन मनोज गजुरेल, राजाराम पौडेल, अमित ढुङ्गाना, करुण श्रेष्ठ, बर्मेली कलाकार सोनिया राई, उत्सव न्यौपाने, रवि डङ्गोललगायतका कलाकारहरु रहेको निर्देशक पाठकले जानकारी दिए ।

चलचित्रमा मुख्य पात्रका रुपमा रहेका चर्चित कमेडिएन मनोज गजुरेलद्धारा अभिनित पहिलो चलचित्र तथा राजाराम पौडेलले लगानी गरेको पहिलो चलचित्रका रुपमा रहेको ‘सय कडा दश’ भ्रटाचार विरुद्ध युवाहरुले के गर्न सक्छन ? भन्ने प्रश्नको उत्तर दिने चलचित्र भएको निर्देशकले बताए ।

चलचित्र प्रति आम दर्शकमा एक पटक हेर्नै पर्छ भन्ने कैतुहता रहेको निर्देशक पाठकले जानकारी दिए । भ्रष्टाचारका कारण प्रेम, समाज र परिवारमा प्रत्यक्ष रुपमा परेको नकारात्मक प्रभावलाई चलचित्रमार्फत उठान गरिएको र मनोज गजुरेल, राजाराम पौडेलजस्ता कलाकारहरुले यस चलचित्रमा काम गरेकाले समाजमा भैरहेको घटनालाई हेर्दा हेर्दै पनि हाँसोका कारण हलमा दर्शकले सिटको पोजिसन चेन्ज हुने निर्देशक पाठक बताउछन् ।

प्रेमगीत २ को निर्देशन गरेका रामसरण पाठकले यस चलचित्रमा भ्रष्टाचारका कारण उनीहरुका सन्तानले समाजबाट भग्नुपरेको अपहेलना देखाइएको छ । चलचित्रमा कमेडी मात्र नभएर प्रेमगीत २ जस्तै प्रेम पनि देख्न सकिने बताइएको छ ।

करीब डेढ करोड लागतमा निर्माण गरिएको उक्त चलचित्र पोखरा, काठमाडौँ, सिन्धुली, पाँचथरलगायतका ठाउँमा सुटिङ गरिएको कथाकार रञ्जु प्रधानले बताईन् । उनले भनिन्–चलचित्र कुनै व्यक्ति तथा बस्तुलाई तोकिएको छैन । समाजमा रहेको बिषय वस्तुमाथि युवाको भुमिका देखाएका छौ

। यर्थाथ परक बिषयमा हास्य र प्रेमको मिक्स भएकाले चलचित्र सफल हुने टिमको दाबी छ ।

sayakadadas-first-look