धरान । ज्वालामुखी बिस्फोटपछि आएको सुनामीका कारण इण्डोनेसियाको आइल्याण्ड सुमात्रा र जाभामा मृत्यु हुनेको संख्या ३७३ पुगेको छ ।

धेरै क्षेत्रमा प्रभावित बनेका छन् । सुनामीका कारण १ हजार ४ सय ५९ जना घाइते बनेका छन् भने अझै १२८ जना बेपत्ता बनेको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

शनिबार राति ज्वालामुखी बिस्फोट हुँदा पानी मुनी पहिरो गएको थियो । जसका कारण तटीय क्षेत्रहरू प्रभावित बनेका थिए । अनाक क्राकतोआ नामक ज्वालामुखी बिस्फोट भएको थियो । सुनामीका कारण कयौं घर, होटल तथा पार्कहरू पूर्णरूपमा क्षति पुगेका छन् । अहिले पनि उद्धार कार्यमा खटिएका छन् ।