मिस पूर्वाञ्चलको ट्यालेन्ट शोमा प्रतिभा देखाए प्रतिष्पर्धीहरूले

alt
  • पुष ७, २०७५
  • ८४४ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / ‘नेपालआईस मिस पूर्वाञ्चल’को नवौं संस्करणका प्रतिष्पर्धीहरुको पेप्सी मिस ट्यालेन्ट शो सम्पन्न भएको छ ।
शनिबार धरानस्थित फ्रेन्ड्स गार्डेन लाउन्जमा आयोजित ट्यालेन्ट शोमा प्रतिष्पर्धी अनिला क्षेत्रीले ‘म चाहिं नेपाली’ गीत प्रस्तुत गरिन् । सलिना राजवंशीले बलात्कारका विषयमा नाटक प्रस्तुत गरिन् । त्यस्तै रुसाली केसीले कविता भनिन् । भने सष्टिका बिसुंकेले पनि समसामयिक विषयमा मन्तव्य दिईन् । त्यस्तै पुजा श्रेष्ठ, इचिना राई, मोनिका रेग्मी, सोनेता दाहाल, सचिता कार्की, तुलसा पोख्रेल, तपस्या रणपहेली, प्रजीता तामाङ, आकृति आचार्यले नृत्य प्रस्तुत गरे भने सविना पोद्धारले गीत गाईन् ।

ट्यालेन्ट शोमा पेप्सीका वरिष्ठ प्रबन्धक रितेश झा, नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्ले, गायक डिल्ली फोम्बो, नृत्य प्रशिक्षक निका मोक्तान, छमछमी नृत्य प्रतियोगीता विजेता मनिता राई र संगीतकार विनायक राई निर्णायक रहेको कार्यक्रम गायक सुमन श्रेष्ठ संगमले सञ्चालन गरेका थिए । सोही शोका आधारमा पुस १३ गते हुने फाइनलमा टाईटिल उपाधी दिने आयोजक सिल्भर इन्टरटेनमेन्टका निर्देशक सौरव श्रेष्ठले जानकारी दिए ।

प्रतिष्पर्धीहरुले पर्यटनबारे जानकारी लिए

Bhedetar  (5)
पूर्वको ठूलो सौन्दर्य प्रतियोगिता ‘नेपालआईस मिस पूर्वाञ्चल’’को नवौं संस्करणका प्रतिष्पर्धी भेडेटार पुगेर पर्यटनका विषयमा शुक्रबार जानकारी लिएका थिए । ।
पर्यटनबारे बुझ्न भेडेटार पुगेका उनीहरुलाई होटल एसोसिएसन अफ भेडेटारका पदाधिकारीहरुले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा एसोसिएसनका संस्थापक अध्यक्ष विष्णुराज श्रेष्ठले भेडेटार र आसपासको पर्यटनबारे जानकारी गराएका थिए । एसोसिएसनका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले भेडेटार क्षेत्रको पर्यटन विकासमा सबैको साथ सहयोग चाहिएको बताए ।

मिस पूर्वाञ्चलका प्रतिष्पर्धीहरु भेडेटारस्थित पाथीभरा मन्दिरको दर्शन गर्दै त्यहाँको धार्मिक पर्यटनबारे जानकारी लिएका थिए । त्यसैगरी उनीहरु नाम्जेस्थित होमस्टे पुगेर पछिल्लो समय होमस्टेमा आकर्षित आन्तरिक पर्यटकबारे बुझे । उनीहरुलाई नाम्जे सामुदायिक होमस्टेका अध्यक्ष अनिल राना र होटल एसोसिएसन अफ भेडेटारका निवर्तमान अध्यक्ष लीलाराज लावतीले होमस्टे बारे जानकारी दिएका थिए । सहभागीहरुले आफुहरुले पनि भेडेटारको पर्यटन विकासका लागि सहयोग गर्ने बताए । हरेक वर्ष मिस पूर्वाञ्चलका विजेतालाई होटल एसोसिएसन अफ भेडेटारले सद्भावनादूतका रुपमा नियुक्त गर्ने गरेको छ ।
यसपटक मिस पूर्वाञ्चलमा ‘मिस इटहरी २०१७’ विजेता तपस्या रनपहेली, ‘मिस उर्लाबारी २०१७’ रुसाली केसी सहित धनकुटाकी अनिला क्षेत्री, हिलेकी प्रजिता तामाङ, उर्लाबारीकी सबिना पोदार, इटहरी,तरहराकी तुलाशा पोख्रेल, झापा,भद्रपुरका, सलिना राजबंशी पूजा श्रेष्ठ, संखुवासभाकी सोनेता दाहाल, धरानका आकृति आचार्य, एजिना राई ,सुचित्रा कार्की, बिराटनगरकी मोनिका रेग्मी र धनकुटाकी स्वस्तिका बिसुंखे प्रतिष्पर्धामा छन् ।
सिल्भर इन्टरटेन्मेन्टले आयोजना गरेको प्रतियोगीतामा विजेताले मिस पूर्वाञ्चल २०१८ को उपाधिसँगै यामाहाको स्कुटी र हङकङ भ्रमणको अवसर पाउने, त्यस्तै फस्ट र सेकेण्ड रनर अपले क्रमशः एक लाख नगद र पचास हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस मल्टीमिडिया, मिस इन्टलेक्चुअल, फेस अफ डिभाइन, भ्युअर्स च्वाइस लगायतका विभिन्न ८ वटा विद्याका विजेताले १५ हजार नगद पुरस्कारको ब्यबस्था छ ।

प्याब्सन विराट कप सु ...

विराटनगर  । प्याब्सन विराट कप फूटबल टुर्नामेन्ट सु ...

पुर्वाञ्चल बिश्व विद ...

लक्ष्मीमार्ग । मोरङको सुन्दरहैचा गोठगाउँमा स्थीत प ...

पार्क बनाउन प्रतिमा ...

बिर्तामाेड । झापाको पुरानो बजार शनिश्चरेलाई पर्यटकीय नग ...

सामाजीक अभियन्ता दिप ...

ब्लाष्टखबर ।  धरानका सामाजीक अभियन्ता दिपेन्द्र नि ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved