नयाँदिल्ली /  भारतीय सुरक्षा फौजको कारबाहीमा भारत नियन्त्रित काश्मिरमा छ जना लडाकू मारिएको सुरक्षा स्रोतले जनाएको छ । सेनाका अनुसार पुल्वामा जिल्लाको अवन्तीपोरा भन्ने ठाउँमा भएको भिडन्तमा ती व्यक्ति मारिएका हुन् । सुरक्षाकर्मीहरुले घटनास्थलबाट हातहतियार तथा विभिन्न बन्दोबस्तीका सामग्री पनि बरामद गरेको छ ।

लडाकूहरु लुकेर बसेको भन्ने विश्वसनीय सूचनाका आधारमा अवन्तीपोरामा शनिबार बिहानै खोज कारबाही गरिएको थियो । उनीहरुले सुरक्षाकर्मीमाथि आक्रमण समेत गरेका थिए । केही सुरक्षाकर्मीहरु घाइते भएको सुरक्षा श्रोतले जनाएको छ । उक्त घट्नामा दुई जना नेपाली घाईते भएको सुरक्षा श्रोतले जनाए पनि पहिचान भने खुलाएको छैन् । यता मारिएका लडाकूको पनि पहिचान खुल्न नसकेको सेनाले जनाएको छ ।