मधुमल्ला । मोरङको मिक्लाजुङ –८ तोरीबारीका लालबहादुर गिरीले तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । कुनै समय अर्काको ज्याला मजदुरी गर्दै आएका गिरीले गाउँमै व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् । उनिले हाल भाडामा लिएको अर्काको एक बिघा जमीनमा मैसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । गिरीले वार्षिक पाँच लाख रुपैयाँ सम्म तरकारी खेतीबाट आम्दानी गर्ने गरेको बताए । पाँच जनाको परीवार रहेको गिरीको परिवार आजभोलि खुसि र हर्सित छ । यति मात्र न भएर उनिले आफ्ना एक छोरा र छोरी लाई उर्लाबारी र मधुमल्ला का नाममि बिद्यालय र क्याम्पस मा अद्यायन गराउदै आएका छन् । तोरीबारी लघु उद्यमि कृषि सहकारीमार्फत तरकारी खेती शुरु गरेका गिरीले हाल वर्षमा तीन याम तरकारी फलाउने गरेको बताए । “वर्षमा विभिन्न तरकारी तीन याम लगाउने गरेको छु, सम्पुर्ण खर्च कटाएर वर्षमा पाँच लाख देखि छ लाखसम्मको आम्दानी हुने गरेको छ,” उनले भने । उनलाई घरमा परिवारले सहयोग गर्ने र उत्पादन भएको तरकारी मधुमल्ला ,उर्लाबारी र दमकका बजार र गाउँमा बिक्री गर्ने गरेको बताए । हिउद याममा सिँचाइको अभाव भए पनि यस क्षेत्र मा राम्रो आम्दनी हुने हुदा तरकारी खेती गर्दै आएको गिरीले बताए । उनले यस अघि अरुको काम गर्दा मासिक रु १५ सय देखि २ हजार कमाउने गरेको भन्दै आफनो व्यवसायबाट धेरै आम्दानी भएको बताए । उनले परम्परागत खेती बाट भन्दा तरकारी खेतीबाट आम्दानी बढी हुने गरेका समेते बताए । ‘‘गरे के हुदैन र यही मनग्य आम्दानी हुन्छ,’’ बिदेशिने युवाहरु लाई पनि यहीं तरकारी खेती गर्न उनले सुजाब दिए । गिरीले आफूले व्यवसायीक तरकारी खेती सुरु गरेपनि सहयोग भने त्यति नपाएको गुनासो गरे। ‘‘उत्पदको भनेजस्तो बाजार र बजार मुल्य छैन , बजार र मुल्य पनि ठुला ब्यारीकै मुठिमा हुन्छ । कुनै पनि निकायबाट सहयोग मिल्दैन , सहयोग आएपनि ठुलाबडा लाई पुग्दैन उनले आक्रोस पोख्दै भने । गिरीले हाल गोलभेडा, गोभी, काउली, खोर्सानी र आलु खेती लगाएका छन् । गिरीलाई गत वर्ष मिक्लाजङ गाउँपालिका ८ नम्वर वडाले उत्कृष्ट कृषकको रुपमा छनोट गरी पुरस्कृत समेत गरेको थियो ।