मधुमल्ला । मोरङको मिक्लाजुङ गाउँपालिकामा मिक्लाजुङ प्याबसन युनीट को आयोजनामा गाउँपालिका स्तरीय अधारभुत र मध्यमिक तह एकल लोक गायन प्रतियोगिता सम्पन्न भएको छ । गाउँपालिका स्तरीय लोक गायन प्रतियोगितामा आधारभुत तहमा नोवल टी बोडीङकी नमुना दर्नाल प्रथम , रिलायन्स अंग्रेजी मा.वि मिक्लाजुङका स्वणीम राई द्धितिय, जलेस्वरी अंग्रेजी विद्यालयकी सुस्मीता र्फुकोटी तृतिय र क्लासिकल अंग्रेजी मा.वि.की मिना चेम्जोङले सान्त्वना स्थान हाँसिल गरे । त्यस्तै मा.वि. तहत तर्फ रिलायन्स मा.वि. की प्रीति खतिवडा प्रथम, क्लासीकल अंग्रेजी मा.वि. की प्रस्ना पाण्डे द्धितिय , तृतिय ग्रीन ल्याण्ड अंग्रेजि विद्यालय का पुष्प लिम्बु र भिन्ची अंग्रेजी मा.वि. की स्मृती चेम्जोङ घोसित भए । विद्यालय स्तरमा विधार्थीहरुको लोक गायन कलालाई प्रोत्साहन गर्ने उदेश्यले प्रथम लोक गित गायन प्रतियोगिताको आयोजना गरीएको कार्यक्रम संयोजक महांविर राईले बताए । कार्यक्रममा संगित मा भुमिका लोक गायक विशाल राईको टिमले गरेको थिायो । कार्यक्रमका प्रमुख अतिथी मोरङ प्याबसन उपाध्याक्ष सुवास राईले विधार्थीहरुको गायन कलालाई निर्खान यस प्रकारका अतिरित्त क्रियाकलाप उपयोगी हुने भएकाले आयोजको कार्र्य प्रति प्रशंसा व्यात्त गरे । लोक गायन प्रतियोगितामा अन्य नृत्य र बिट बक्स पनी प्रस्तुत गरिएको थियो । लोक गायन प्रतियोगितामा मिक्लाजुङका १३ विद्यालयहरुको सहभागीता रहेका कार्यक्रम संयोजक महांविर राईले बताए । मिक्लाजुङ–७ को रिलायन्स अंग्रेजी मा.वि.को प्राङ्गडमा भएको कार्यक्रम मिक्लाजुङ प्यबसन युनिटका अध्यक्ष विकाश गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो ।