भद्रपुर/ सरकारी वकीलहरुको दोस्रो राष्ट्रिय सम्मेलनले चारओटा महत्वपूर्ण बुद्दामा छलफल गर्ने तयारी गरेको छ । आउँदो पुस ८ देखी १० गतेसम्म काठमाडौको राष्टिूय सभा गृहमा सम्पन्न हुने सम्मेलनले यस्तो निश्कर्ष निकाल्ने तय भएको हो ।

सरकारी मुद्दाको अभियोजनलाइ वस्तुगत र प्रभावकारी वनाउने,सरकारवादी मुद्दा र रिटको प्रतिरक्षामा प्रभावकारी प्रतिनिधित्व गर्ने,सरकारी वकीलको पेशालाइ व्यवसायिक बनाउने र संस्थागत सुदृढिकरण गर्ने वारे गहन छलफल भइ पारित गरिने जिल्ला सरकारी वकील कार्यालय झापाका जिल्ला न्यायाधिवक्ता केशव प्रसाद पन्तले जानकारी दिए ।

देशभरबाट तीनसय ७९ जना र ८० जना पर्यवेक्षकले भाग लिने न्यायाधिवक्ता पन्तले जनाए ।

सम्मेलनमा २५ ओटा कार्यपत्र प्रस्तुत् हुने छ भने पाँच समूहमा छलफल हुने पन्तले बताए । अदालतमा पेश भएका मुद्दामध्ये ७० प्रतिशत र जिल्ला प्रशासनमा ९० प्रतिशत सफलता हुने गरेको उनले जनाए । मुद्दा दर्ता गराउनेले वकपत्र गर्न नआउने तथा वयानलाइ परिर्वतन गर्ने परिपाटीले ३० प्रतिशत मुद्दा फेल हुने गरेको उनले सुनाए ।

साछी नआउने कारण पत्ता लगाएपछि पुस १ गतेबाट साछीको सम्पर्क नम्बर राखेर हेलो साछी कार्यक्रम शुरु गरिएको उनले जनाए । हाल चालु आर्थिक वर्ष देखि कात्तिक मसान्तसम्म झापामा सरदर १३ सय ११ ओटा मुद्दा रहेको उनले जानकारी दिए ।