धरान/ धरानमा जारी मिस पुर्वान्चल २०१८ को तालिमको एक प्रमुख पाटोको रुपमा रहेको शिष्टचार व्यवस्थापन तथा डाइनिंग एटिच्युड सम्बन्धि तालिम युएन नवोदय होटल म्यानेजमेन्ट कलेजमा मंगलबार सम्पन्न भएको छ ।

कलेजका एचएम संयोजक गगन श्रेष्ठले मिस पुर्वान्चल २०१८ का १४ जना प्रतियोगीहरुलाई खाना खाने तरिका , कसरि बस्ने तथा कस्तो खाने र कति मात्रामा खाने भन्ने प्रयोगात्मक प्रशिक्षण दिएका थिए ।
प्रतियोगीहरुलाई डाइनिंग एटिच्युड सम्बन्धि आधुनिक अवधारणाको ज्ञान दिन यस्तो प्रशिक्षण आवश्यक रहेको प्रशिक्षक गगन श्रेष्ठले बताए ।

त्यस्तै यस अघि चर्चित गायक डिल्ली फोम्बो , हंगकंग नेपाली महासंघका पुर्व अध्यक्ष्य प्रदिप थापाले आफ्नो उतार चढावका कुराकानी हरु गर्दै सफलताका बिभिन्न टिप्सहरु दिएका थिए ।

डेजी नेल आर्ट एण्ड मेकअप स्टुडियोकी सञ्चालिका तरुना राईले मेकअप सम्बन्धि महत्वपूर्ण टिप्स दिइन् भने मिस पुर्वान्चल २०१७ को बिजेता रुबी लिम्बु तथा फर्स्ट र सेकेन्ड रनर अप सिम्रन श्रेष्ठ र अनु ढुंगानाले आफ्नो अनुभव सुनाएका थिए । 

त्यस्तै होटल एसोसिएसन भेडेटारका वर्तमान अध्यक्ष्य जितेन्द्र रुम्दाली राईले पूर्वी क्षेत्रको पर्यटनको विषयमा आफ्ना कुराहरु शेयर गरेका थिए । अन्तराष्ट्रिय प्रशिक्षक राजबिमल श्रेष्ठ र कुशल प्रशिक्षक रबिन्द्र थापाले प्रतियोगीहरुको वाक क्षमताको अभिवृद्वीकाे  लागि एक हफ्ता देखि प्रशिक्षण दिईरहेका छन् ।

आगामी पौष १४ गते धरानको होटल इजी राईडरमा आयोजना हुने कार्यकमको संयोजनको भूमिका मिस पुर्वान्चल २०१६ कि फर्स्ट रनरअप तथा मिस ग्रान्ड इन्टरनेसनल नेपाल २०१८ कि फर्स्ट रनरअप इक्सा मादेनले गनेर्छिन् भने कोरियोग्राफी प्रियारानी लामाले सम्हालेकी छिन् ।