जिरोपोइन्ट /  सिल्भर इन्टरटेन्टमेनले यहि पौष १० गते “गजेन्द्र बर्मा लाइभ इन धरान” सांगतिक कार्यक्रम गर्ने भएको छ ।
क्रिसमस र अंग्रेजी नयाँ वर्ष २०१९ को विशेष अवसर पारेर धरानमा नै पहिलो पटक भारतीय कलाकार गजेन्द्र बर्माको लाइभ कन्सर्टको आयोजना गर्ने भएको हो । आयोजकले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
धरान १६ रङ्गशालामा ा हुने उक्त कार्यक्रममा गायक बर्मासहित गायक शिव लामिछानेको सिवाज ब्याण्ड र गायिका आस्था राउतको प्रस्तुति हुने छ । भारतीय सांगितिक क्षेत्रमा गायक बर्माको “तेरा घाटा, मेरा कुछ नहिँ जाता” भन्ने गीतले पछिल्लो समयमा निकै चर्चा कमाएको छ । उनको सान् २०१३ मा एम्टिनेस एल्बमबाट “तुने मरे जाना कभि नहि जाना” बोलको गितले समेत निकै चर्चा कमाएको थियो । उनी भारतका स्थापीत कलाकार हुन । ८ जनको ब्लाण्ड टोलीसहित उनी धरान आउन लागेको कार्यक्रम संयोजक रोजन रनपहेलीले जानकारी दिए ।

कार्यक्रमबाट उठेको रकमबाट कम्तिमा ३० हजार रकम धरान १७ सुकुम्बासी बस्ती बिजुवा मार्गकी एकल महिला जानुका विश्वकर्माको घर निर्माणका लागि सहयोग गर्ने आयोजक रवि राईले जानकानरी दिए । केही रकम अनाथ बालबालिकाको क्षेत्रमा काम गरीरहेको कुनै एक संस्थालाई सहयोग गर्ने बताइएको छ ।
कार्यक्रम नायिका रिमा विश्वकर्माले सञ्चालन गर्नेछिन् । धरानमा संगीतको नयाँ स्वाद दिलाउनका लागि अन्तर्राष्ट्रिय कलाकारलाई ल्याउन लागिएको आयोजकले बताएको छ ।