पाँचथर/ सुस्त मनस्थिति भएकी एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा फाल्गुनन्द गाउँपालिका–२, बस्ने २६ बर्षिय लाले भनिने सुरेश भुजेल रहेका छन् । प्रहरीका अनुसार भुजेलले युवतीलाई गत मंसीर २८ गते राती घरैबाट ललाईफकाई केही पर एकान्तमा लगि मुख थुनेर जबरजस्ती करणी गरेको पीडितका अविभावकको आरोप छ ।

परिवारका अन्य मान्छे नजिकैको बिवाहमा भएको मौका छोपी भुजेलले बोल्न नसक्ने ती युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । निज उपर जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको पाँचथर प्रहरी प्रवक्ता प्रहरी निरिक्षक अनिलकुमार पौडेलले जानकारी दिए ।