विद्यालय भवन बनाउने सम्झौता

alt
  • पुष २, २०७५
  • ४८८ पटक पढिएको
  • रासस

गोरखा । गोरखाको बारपाक सुलीकोट गाउँपालिका–४ मा एक करोड ७९ लाख २१ हजार सहयोगमा विद्यालय भवन बन्ने भएको छ । गोरखा वेलफेयरको आर्थिक सहयोगमा सौरपानीमा रहेको हिमालय माध्यामिक विद्यालयको भवन निर्माण हुनलागेको हो । 

भूकम्पले पूर्णरूपमा क्षति पुर्याएको उक्त विद्यालयमा सुविधासम्पन्न आठकोठे भवन निर्माणका लागि गोरखा वेलफेयर र विद्यालय व्यवस्थापन समितिबीच सहमतिपत्रमा हस्ताक्षर भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले जानकारी दिए । “वेलफेयरले पहिले पनि १२ कोठाको विद्यालय भवन निर्माण गरिदिएको थियो, तर माध्यामिकस्तरको विद्यालय भएकाले कक्षा सञ्चालन गर्न कक्षाकोठाको अझै अभाव भएपछि उनहरूले पुनः भवन बनाइदिने सम्झौता गरेकाे हो”, अध्यक्ष गुरुङले भने । 

सहमतिपत्रमा वेलफेयरका तर्फबाट गोरखा वेलफेयर सेन्टर एरिया वेलफेयर अफिसर श्रीप्रसाद तामाङ, गोरखा वेलयफेयर सेन्टरका इञ्जिनीयर थलबहादुर रानाले हस्ताक्षर गर्नुभएको छ भने विद्यालयका तर्फबाट व्यवस्थापन समितिका अध्यक्ष सुजन गुरुङले हस्ताक्षर गरेका छन् । 

आगामी छ महीनाभित्रमा भवन निर्माणको काम पूर्णरूपमा सम्पन्न गर्ने सम्झौता भएको अध्यक्ष गुरुङले जानकारी दिए ।

सप्तरीमा आगलागीः चा ...

  सप्तरी / सप्तरीको हनुमाननगर कङ्कालिनी नगर ...

धनकुटामा फुलन्देकी आ ...

धनकुटा / हाँस्य कलाकार उमेश राई (फुलन्देकी आमा) वुधवार ...

प्रधानमन्त्री घर फर् ...

  काठमाडाैं / प्रधानमन्त्री केपी शर्मा ओली ...

पाँचखपन नगरपालिकाको ...

खाँदबारी । पाँचखपननगरपालिकाको को १ झ ५४० नम्बरको ग ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved