धरान / गोरु काटेको आरोपमा प्रहरीले धरानबाट १० जना पक्राउ गरे भन्दै संविधानको मर्म विवरितको काम भएको भन्दै साँस्कृतिक अधिकार संरक्षण समिति सुनसरीले विरोध आपति जनाएको छ । समितिले शनिबार विज्ञप्ती जारी गरि उनीहरुलाई विनासर्त रिहाई गर्न माग गरेको छ ।

समितिका संयोजक सुवास हुक्पा चोङवाङले विज्ञप्ती जारी गर्दै नेपालको संविधानको भाग १९४० मा व्यवस्था भएको ‘धर्म निरपेक्ष, समावेशी, लोकतान्त्रिक राज्य’ को भावनाविरुद्ध हुनेगरी प्रहरीले गैरकानुनीरुपमा पक्राउ गरेको दाबी गरिएको छ ।
संविधानअनुसार देश ‘लोकतान्त्रिक गणतन्त्रात्मक’ मुलुक भए पनि प्रहरी प्रशासनले संविधानको भावना विपरित हुनेगरी मुलुकी ऐनलाई टेकेर गोरु काटेको विषय मुद्दा बनाइनु आपतिजनक रहेको विज्ञप्तिमा भनिएको छ ।
भत्र्सना योग्य विषय बनेको पनि विज्ञप्तीमा उल्लेख छ ।

ुनेपालको संविधानको मूल मर्म र भावना विपरित भएकोले प्रहरी प्रशासनको उक्त कार्य स्वतः गैरकानुनी भएको ठहर गरेका छौं, विज्ञप्तीमा भनिएको छ, । समितिको विनम्र अनुरोधलाई कमजोरी नठान्न आग्रह गर्दै पक्राउ परेकाहरुलाई बिनाशर्त तत्काल रिहाइ नगरिए थप सङ्घर्षका कार्यक्रमहरु घोषणा गर्ने पनि चेतावनी दिइएको छ ।
गोरू काटेको आरोपमा प्रहरीले १० जनालाई शुक्रबार विहान धरान–१७ बाट नियन्त्रणमा लिएको थियो । इलाका प्रहरी कार्यालय धरानले विहान ४ः३० बजेको समयमा धरान –१७ स्थित बिद्याटोलमा गोरु काटिरहेको अवस्थामा आषिक मन्सुरी, हसमुदिन मन्सुरी, बहिश मिंया, रिजमान मिया, साहदत मन्सुरी, आशिष खड्गी, राजेश खड्गी, अनिल शाही, अनिश साही, राजेन्द्र खड्गीलाई नियन्त्रणमा लिएको इप्रकाका डिएसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।
पक्राउ परेकालाई शुक्रबार नै जिल्ला अदालतमा म्याद थप गरि पशुपन्छी सम्बन्धी कसुरमा मुद्धा दर्ता गरेको प्रहरीले जनाएको थियो ।