धरान /नेपालमा नै सवै भन्दा वढी धावकधाविका सहभागी हुने नेवा च्यारेटी ८ के रन यस पटक देखि धरान १० के रन २०७५ को नाममा दौड प्रतियोगिता हुने भएको छ ।
धरान रनको आयोजनामा हुने १०के रन प्रतियोगिता यहि फागुन २५ गते हुने आयोजकले शनिवार पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । पहिले ८ कि.मि दौड्न पर्ने प्रतियोगिता यस पटक सहभागिहरुले १० कि.मि. दौड्न पर्ने छ । १०के रन प्रतियोगिता अन्तराष्ट्रिय रुपमा नै हुने प्रतियोगिता भएकोले ८ किमिवाट वढाएर १० किमि वनाएको धरान रनका प्रवातmा गोपाल राईले जानकारी दिए ।
भविष्यमा यस प्रतियोगितामा विदेशवाट पनि धावकहरुलाई प्रतिस्पर्धाको लागि सहभागी गराइ अन्तराष्ट्रिय स्तरको वनाउने लक्ष्य रहेको धरान रनका अध्यक्ष रोमु राईले जनाए ।

प्रथम हुनेलाई ४० हजार पुरस्कार
प्रतियोगितामा खुला प्रतिस्पर्धा, ४० वर्ष उमेर माथिका भ्रेटानदेखि १२ वर्षमुनीसम्मकाले दौडन पाउने छन् । प्रथम हुनेलाई ४० हजार पुरस्कार रहेको छ । यस पटकदेखि टप ५०० भित्र दौड पुरा गर्ने धावक धाविकालाई मेडल र प्रमाण पत्रको व्यवस्था रहेको छ । अनुमानित २१ लाख रुपैयाको वजेट रहेको १०के रन प्रतियोगितामा यस पटक तीन हजार धावकधाविका सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । गत साल छैटौ नेवा च्यारेटी ८के रनमा २५ सय जना धावकधाविकाले सहभागिता जनाएका थिए ।

दौडको रुट
१०के रन दौड प्रतियोगिता भानुचौकदेखि सुरु भएर पुतली लाइन हुदैँ दुर्गा चौक, वुद्ध चौक, रत्न चौक, मंगलवारे, कल्याण चौक, पानी टंकी, गणेशमान चौक, रंगशाला, जिरो पोइन्ट, अमरहाट, रेडक्रस भवन, हातिसार, विजयपुर चौक, पिण्डेश्वर मन्दिर, चिनिया चौक, पुरानो वजार, देशिलाइन हुदै भानु चौकमा समापन हुनेछ ।

३० विपन्न विद्यार्थीहरुलाई छात्रवृती
दौड प्रतियोगितावाट उठेको रकम नेवा एजुकेशन फण्डमा जम्मा हुनेछ । हाल धरान रन द्वारा संचालित एजुकेशन फण्डमा ६ लाख रुपैया रहेको आयोजकले जनाएको छ । फण्डवाट आएको व्याजले १७ जना विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृतस् प्रदान गरि पढाइरहेको आयोजकले जानकारी गराए । यस पटको दौड प्रतियोगितावाट एजुकेसन फण्डको रकमा ६ लाख वाट १० लाख रुपैया पुर्याउने र आउदो नयाँ शैक्षिक सत्रदेखि ३० जनालाई छात्रवृती प्रदान गर्ने लक्ष्य आयोजकको रहेको छ ।