उर्लाबारी/मोरङ उर्लाबारी नगरपालिका–७ का मिर्गाैलापीडित ४७ वर्षीय मानबहादुर भण्डारीलाई रु ४८ हजार आर्थिक सहयोग गरिएको छ । 

दुई महीनादेखि मिर्गाैला रोगले पीडित भएर घरमै बस्दै आएका भण्डारीको उपचारमा सहयोग पु¥याउन सोही ठाउँका कृष्ण भजन कीर्तन मण्डलीले  १० हजार र मण्डलीका सदस्यबाट  ३८ हजार गरी जम्मा ४८ हजार आर्थिक सहयोग गरिएको हो । 

विराटनगरस्थित नोबेल अस्पतालमा उपचार गराउँदा भण्डारीको दुवै मिर्गौलाले काम नगरेकाले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकले सल्लाह दिएपछि अति गरिब तथा विपन्न भण्डारीको परिवार यतिबेला सहयोगीदाताको खोजीमा छन् । 

उपचारका क्रममा हालसम्म  एक लाखभन्दा बढी रकम खर्च भइसकेको छ । पैसाको अभावमा मिर्गौला प्रत्यारोपण गर्न नपाएको पीडित भण्डारीको भनाइ छ ।