कङ्गो । लोकतान्त्रिक गणतन्त्र कङ्गोमा विपक्षीले निकालेको र्यालीमा भएको झडपमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ ।  बुधबारको र्यालीमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको र अरू कैयौँ घाइते भएको पनि अधिकारीहरूले जानकारी दिएका छन् । 


आसन्न राष्ट्रपतीय निर्वाचनको पूर्वसन्ध्यामा निकालिएको ¥यालीमा सहभागीहरूले वर्तमान सरकारको विपक्षमा प्रदर्शन गरेकाले प्रहरीले हस्तक्षेप गरेको बताइएको छ । विपक्षीको तर्फबाट राष्ट्रपति पदमा उम्मेदवार रहनु भएका मार्टिन फयुलासमेत सहभागी भई कालेमाइमा निकालिएको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको हो । 

लोकतान्त्रिक गणतन्त्र कङ्गोमा आउँदो डिसेम्बर २३ तारिखका दिन निर्वाचन हुने तय भएकाले चुनावी प्रचारप्रसार तीव्र भएसँगै कतिपय हिंसात्मक घटना पनि भएका छन् । 
–––