विराटनगर /  घटना १ – चिठा प¥यो भन्दै भाइबरको माध्यबाट साढे १६ लाख रुपैयाँ ठगी गरेका चार जना भारतीयसहित ७ जनालाई प्रहरीले कार्तिक २८ गते पक्राउ ग¥यो । पक्राउ परेका भारतीय लामो समयदेखी नेपालको विभिन्न स्थानमा रहेर ठगी धन्दा चलाउन यहाँ आइएका थिए । प्रहरीले भारत विहार राज्य अररियाको फारबेसगन्ज बस्ने २५ वर्षीय मनोजकुमार ठाकुर, सोही ठाउँका २३ वर्षीय चन्दनकुमार भगत, २८ वर्षीय पकजकुमार साह, मोरङ कटहरी गाउँपालिका ४ बस्ने २० वर्षीय खगेन्द्रप्रसाद रौनियार, सोही ठाउँका २२ वर्षीय प्रेमकुमार साह, २५ वर्षिय रमेश कुमार साह र जहदा गाउँपालिका ७ का २० वर्षिय टुन टुन साहलाई पक्राउ गरेको थियो ।

घटना २ – मोरङ पथरी शनिश्चरेकी कुमारी मगर इमोमार्फत २५ लाखको चिठा प¥यो भन्दै ठगको पछि लाग्दा १ लाख ८० हजार रुपैयाँ ठगको हातमा सुम्पिइन् । उनलाई ठगी गर्ने दुई जनालाई प्रहरीले माघ २२ गते इप्रका पथरीले पक्राउ ग¥यो । अछाम साबिक जर्ना गाविसका घरका बसन्त कठायत र सोही ठाउँबस्ने राजेन्द्रबहादुर कठायतलाई मोरङ अदालतको फागुन ११ को अदालतको आदेश पछि अहिले पुर्पक्षको लागि थुनामा छन् ।

घटना ३ – अन्तर्राष्ट्रिय नेटवर्क बनाएर इमोमार्फत २५ लाखको चिट्ठा परेको बताउँदै ठगी गर्ने २ जना प्रहरीले जेठ ६ गते पक्राउ ग¥यो । चिट्ठा परेको भन्दै अन्तर्राष्ट्रिय नेटवर्क बनाएर सर्वसाधरणबाट लाखौं रुपैयाँ ठगी गर्ने विराटनगर – १७ का मेराज मियाँ र सोही ठाउँ बस्ने उमडी मुस्तकलाई पक्राउ गरेको थियो । २५ लाख रुपैयाँ चिठा परेको प्रलोभनमा पारी मोरङ पथरीशनिश्चरे १ का खुस्बु चौधरी ठगीएकी थिइन् । उनले चिठा परेको पैसाँ पाउने लोभमा पर्दा ८० हजार राजस्व वापतको उक्त रकम अन्तर्राष्ट्रिय नेटर्वक बनाएर ठगी गर्ने गिरोहलाई सुम्पिइन् । उनले मियाँको नाममा २५ हजार र दोस्रो पटक मुस्ताकको नाममा ५५ हजार आइएमइमार्फत पठाएकी थिइन् ।
यसरी ठगीए
माथिका प्रतिनिधीमुलक घटनाले पछिल्लो समय प्रविधिको विकाससँगै अपराध बढेको पुष्टि गर्दछ । प्रविधिको प्रयोग गर्दै ठगी गर्ने गिरोहले विदेशी नम्बरबाट फोन गर्दै चिट्ठा परेको सन्देश दिन्छन् । त्यसपछि उक्त चिट्ठा परेको रकम प्राप्त गर्न पहिले निश्चित रकम पठाउन लगाउँछन् । रकम पठाएपछि भने चिट्ठा परेको सूचना दिने प्रयोगकर्ता सम्पर्कमै आउँदैनन् ।

बढ्दो अपराध
यसरी भाइबर, इमो र सामाजिक संजालको प्रयोग गर्दै ठगी गर्नेको संख्या समेत १४ जिल्ला रहेको १ नम्बर प्रदेशमा बढेको प्रहरीको अभिलेखले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०७३÷०७४ मा प्रदेशमा ७२ वटा ठगीको घटनामा ८७ जना पक्राउ परेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । जसमा ७९ जना पुरुष र ८ जना महिला छन् । अघिल्लो आर्थिक वर्ष भन्दा आर्थिक वर्ष २०७४÷०७५ मा ठगीको घटना बढेको देखिन्छ । जुन अघिल्लो आर्थिक वर्ष भन्दा यस आर्थिक वर्षमा १४ वटा ठगीको घटना बढेको हो । आर्थिक वर्ष ०७४÷०७५ मा ८६ वटा ठगीको घटनामा ९६ जना पुरूष र ६ जना महिला पक्राउ परेको प्रदेश प्रहरीको तथ्याङ्गमा उल्लेख छ ।
प्रविधिको प्रयोग गरेर सजिलैसँग अपराधिलाई पक्राउ गर्न गाह्रो हुने भएकोले यस्तो विधि अपनाउने गरेको प्रहरी स्वयम बताउछन् । इमो, सामाजिक संजाल र भाइबरबाट ठगी गर्ने गिरोहले कहाँ बसेर ठगी धन्दा चलाउँछन् त्यो पत्ता लगाउन निकै गाह्रो हुने भएको सजिलैसँग पक्राउ नपर्ने गरेको प्रहरीले बताएको छ ।
सचेत रहन आग्रह
जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले सामाजिक संजालदेखि प्रविधिको प्रयोग गरेर ठगी हुने गरेको बताए । ‘प्रविधिको प्रयोग गरेर कसैले चिठ्ठा प¥यो भन्दै पैसाँ पठाइदिनु भन्छ भने त्यो ठगी गरेको हुन्छ,’ उनले भने, ‘त्यस्ताको पछि लाग्नु हुदैन ।’ यस्तोमा सर्वसाधरण आझै पनि सचेत हुनुपर्ने श्रेष्ठले बताए ।