काठमाडौं । फिल्म ‘मारुनी’ का कलाकारहरू ¥याम्पमा हिड्दै फिल्म निर्माणको घोषणा गरेका छन् । फिल्मका मुख्य कलाकार पुष्प खड्का, साम्राज्ञीराज्यलक्ष्मी शाह र रेबिका गुरुङ ¥याम्पमा उत्रिएका हुन् ।

फेशन डिजाइनर पुनम गौतमले निर्माण गर्न लागेको फिल्मको नवल नेपालले निर्देशन गर्दै छन् । ‘लगभग तीन वर्षदेखि राम्रो कथाको खोजीमा थिएँ । नवल सरले यो कथा लिएर आएपछि आफूले खोजिरहेको कथा यही हो जस्तो लाग्यो,’ गौतमले भनिन्, ‘त्यसयता काम गर्दै जाँदा अन्ततः हामी यो अवस्थामा आइपुगेका छौं । एक महिनापछि हामी फ्लोरमा जाँदैछौं ।’

निर्माण टिमले फिल्म माघ दोस्रो साताबाट फ्लोरमा जानेछ । घोषणा कार्यक्रममा बोल्दै निर्देशक नवल नेपालले फिल्मले दुई सुन्दरीको कथा प्रस्तुत गर्ने बताए । अभिनेत्री साम्राज्ञीले पनि फिल्मलाई लिएर उत्साहित भएको प्रतिक्रिया दिइन् ।

मुख्य पात्र पुष्पले फिल्मका लागि लामो समयदेखि मेहनत गरिरहेकोे बताए । रेबिकाको भने यो डेब्यु फिल्म हो । पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्माता पुनमलाई अजय पोखरेल र राजा प्रधानले लगानीमा सघाएका छन् ।