बीबीसी । ब्रिटिश प्रधानमन्त्री टरिजा मेले बुधवार संसद्मा अविश्वासको प्रस्तावमाथिको मतदानको सामना गर्नुपर्ने भएको छ ।

डाउनिङ स्ट्रीटमा दिएको एउटा वक्तव्यमा मेले भनिन, ‘म त्यो मतदानको पूर्ण क्षमताका साथ सामना गर्नेछु ।’ नया प्रधानमन्त्रीले ब्रिटेनलाई आगामी मार्च २९ मा युरोपेली संघ (इयू) बाट अलग्याउने आर्टिकल फिफ्टी भनिएको ५० नम्बरको बुदालाई खारेज गर्नुपर्ने अथवा त्यसको समयसीमा बढाउनुपर्ने मेको भनाइ छ ।

कन्जरभेटिभ पार्टीका सांसदहरूले ब्रिटेनको स्थानीय समयअनुसार साझ ६ बजेदेखि ८ बजेको बीचमा मतदान गर्नेछन् ।

अनिश्चितता

प्रधानमन्त्री मेले कन्जरभेटिभ पार्टीको नेतृत्व परिवर्तनले ‘देशको भविष्यलाई जोखिममा पुर्याउन सक्ने र थेग्न नसक्ने गरी अनिश्चितता सिर्जना गराउन सक्ने’ बताइन् । सन् २०१६ मा ब्रिटेनले ईयू छाड्ने विषयमा जनमत सग्रह गराएको थोरै समयपछि मे प्रधानमन्त्री भएकी थिइन् ।

ब्रेक्जिट सम्झौताः संसदीय बहसमा मे लाई धक्का

ब्रेक्जिट योजनाका सम्बन्धमा गरेको सहमतिलाई लिएर उनले पार्टी भित्रैबाट आलोचना खेप्दै आएकी छन् । अविश्वासको प्रस्तावमाथि हुने गोप्य मतदानको परिणाम कति छिटो सार्वजनिक हुनेछ भन्ने कुरा थाहा हुन सकेको छैन ।

पदमा रहिरहन मेले संसद्मा आफ्नो पक्षमा बहुमत ल्याउनुपर्ने हुन्छ । बहुमत हासिल भएको खण्डमा कम्तीमा एक वर्ष उनले त्यस्तो चुनौतीको सामना गर्नुपर्ने छैन । अविश्वासको प्रस्तावमाथिको मतदानमा उनी हारिन् भने कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि हुने चुनावमा उनी उठ्न नपाउने बीबीसी नेपालीले लेखेकाे छ ।