धरान । एक बन्दुकधारीले अन्धाधुन्द चलाएको गोलीका कारण फ्रान्समा तीन मानिसको मृत्यु भएको छ भने १२ जना घाइते बनेका छन् ।

फ्रान्सको शहर स्टार्सबर्गको क्रिसमस बजार नजिकै गोलीबारी हुदा सो संख्यामा हत्या भएको फ्रान्सका आन्तरिक मामिला मन्त्री क्रिस्टोफे कास्टेनरले पुष्टि गरेका छन् । मंगलबार राति स्थानीय समय करिब ८ बजेको समयमा बन्दुकधारीले अचानक गोली चलाएका थिए । साझको समयमा अत्यधिक भीडभाड हुने उक्त स्थानमा गोल बर्साएका थिए ।

उक्त स्थानमा सुरक्षा फौज देखेपछि ती अज्ञात व्यक्ति फरार भएका थिए । उक्त घटनापछि प्रहरीले सीमा सुरक्षा चेकजाचमा कडाइ गरेको छ । घटना घटाउनुपर्ने कारणबारे हालसम्म खुलेको छैन । प्रहरीले ३५० भन्दा बढी सुरक्षाकर्मीलाई खोजीका लागि परिचालित गरेको छ भने २ वटा हेलिकोप्टर प्रयोग गरी खोजी भइरहेको जनाएको छ । प्रहरीका अनुसार ती अज्ञात व्यक्ति करिब २९ वर्षको रहेका छन् ।