दमक । साहित्यकार विन्दु दाहाल मुकदर्शकको ‘आँखामा सपना’ छन्द कविता सङ्ग्रहको शनिबार झापाको दमकमा विमोचन गरिएको छ ।
कविता सङ्ग्रहको साहित्यकार पुण्यप्रसाद खरेल, प्रगतिशील लेखक समूह झापाको अध्यक्ष राजेन्द्र सङ्ग्रौला, हिमशिखर मिडिया ग्रुपका अध्यक्ष धु्रवप्रसाद न्यौपाने, बुद्धिजीवी परिषद् झापाका अध्यक्ष लीला अधिकारीले संयुक्तरूपमा विमोचन गरे । १०९ पृष्ठ लामो पुस्तकमा २४ वटा छन्द कविता समावेश रहेको लेखक विन्दु दाहालले बताइन् । कार्यक्रम साहित्यकला सङ्गम दमकको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।