पाँचथर/ जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख जनक तिम्सिना प्रदेश–१ को उत्कृष्ठ प्रहरी बनेका छन् ।

तिम्सिनाको कुशल कार्यसम्पादनको मूल्याङ्कन गर्दै उनलाई प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले उत्कृष्ठ प्रहरी घोषित गरेको हो । जिल्लामा ट्राफिक व्यवस्थापन गर्न र सडक दुर्घटना कम गर्न तिम्सिनाको भूमिका प्रभावकारी भएको स्थानीय बताउछन् ।

वर्षौंदेखि भाँडाको घरमा बस्दै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन बन्ने क्रममा छ । ट्राफिक प्रहरीको आफ्नै निर्माणका लागि समेत तिम्सिनाले भूमिका निर्बाह गरेका थिए ।

२०५३ सालदेखि प्रहरी सेवामा कार्यरत तिम्सिनाले प्रहरी संगठनको छबि उच्च राख्न पुर्याएको योगदानको कदर स्वरुप पुरस्कृत गरिएको प्रदेश–१ प्रहरी कार्यालयका डीआइजी केदार रिजालले बताए ।

तिम्सिनाले भने– ‘एक नम्बर प्रदेशको उत्कृष्ठ प्रहरीको रुपमा पुरस्कृत हुँदा गर्व सँगै अझ जिम्मेवारी थपिएको महसुस गरेको छु, प्रहरीको छविलाई उच्च राख्न इमानदारपूर्वक काम गर्नेछु ।’