मधुमल्ला/ उच्च शिक्षाको सपना बोकेर अष्ट्रेलिया पुगेका मोरङ मिक्लाजुङका एक युवाको उच्च शिक्षाको सपना अधुरै भएको छ ।

मिक्लाजुङ गाउँपालिका वडा नं. ७ घर भई हाल अध्ययनको लागि अष्ट्रेलियाको सिड्नीमा रहेका २० वषिर्य युवा मिलन तामाङको मृत्यु भएको हो ।

निजलाई अचानक मस्तिस्कघात भई उपचार गर्ने क्रममा अस्पतालमा नै तामाङको निधन भएको बताईको छ । अध्ययनको लागि गएको दुई महिना अघि अष्ट्रेलिया पुगेका तामाङको बुधबार अष्ट्रेलिमा निधन भएको खबर आएको निजका दाजु देउमान तामाङले बताए ।

मृतकको शवलाई नेपाल ल्याउन पहल भईरहेको निजको पारिवारिक स्रोतले बतायो । तमाङको परिवारमा अहिले सोकमा डुबेको छ