इटहरी / काल्पनिक प्रेममा आधारित भिडियो 'मकैको फुल भुटी, फुल चाम्रो झन बुढो भयो झन राम्रो’ बोलको म्युजिक भिडियो पूर्वाञ्चल डिजिटल रेकडिङ इटहरीले बजारमा ल्याएकाे छ । 

इटहरी वरिपरिका विभिन्न पर्यटकीय स्थलहरुलाई कैद गरेर निर्माण गरिएको उक्त भिडियोको निर्देशन रुद्र श्रेष्ठले गरेका छन । गायकहरु नै मोडल बनेर बनाइएको उक्त भिडियोमा रमेशप्रसाद अधिकारी र सुमन निरौलाको मुख्य भूमिका रहेको छ । मोडल सरिता राईलाई समेत सो भिडियोमा देख्न सकिन्छ । कोरियोग्राफीमा रोशन पराजुली र रबिन बिक छन । क्यामेरामा श्रीकुमार साम्पाङ रहेका छन । सो भिडियोमा बाल कलाकारहरुमा सुलभ निरौला र कुलक अधिकारीले अभिनय गरेका छन् ।