अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्त नान्र्गाहारमा इस्लामिक स्टेट्स आतङ्ककारीविरुद्ध सुरक्षा बलले गरेको स्थल र वायु कारवाहीमा परी कम्तीमा २० जना मारिएका अफगान रक्षा मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पहिलो घटनामा आइएसका दुई प्रान्तीय कमाण्डरसहित १७ जना आइएस आतङ्ककारी मारिएका छन् । नान्र्गाहार प्रान्तको हसका मिना जिल्लामा सो कारवाही भएको थियो । छिमेकमा पर्ने पचिर व अगाम जिल्लामा अफगान सुरक्षा अधिकारीहरूले गरेको हवाई कारवाहीमा तीन आतङ्ककारी मारिएका अफगान रक्षा मन्त्रालयले जानकारी दिएको छ ।

यस विषयमा आइएस आतङ्ककारी समूहले भने केही टिप्पणी गरेका छैनन् ।