विजयपुर / १५आैं ललित अमर डिपो कपमा पूर्व क्षेत्रिय प्रहरी स्कुल र आइडल स्कुल सेमिफाइनलमा प्रवेश गरेको छ । विहिवार भएको पहिलो सेमिफाइनल खेलमा प्रहरी स्कुलले हिमशिखरलाई टाइवेकरमा ४–२ गोल अन्तरले र आइडल स्कुलले मेरिल्याण्ड स्कुललाई १–० गोलले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो खेलमा प्रहरी स्कुल र हिमशिखर स्कुलले निर्धारित समयसम्म पनि दुवै तर्फ गोल हुन नसके पछि खेल टाइवेकरमा गएको थियो । टाइवेकरमा प्रहरीका तर्फवाट प्रवेश तामाङ, अविन चौधरी, जेसस खड््का र सोनु यादवले गोल गरेका थिए । हिमशिखरको तर्फवाट नेलशन गुरुङ र खेलका म्यान अफ द म्याच सजन राईले गोल गरेका थिए । दोस्रो सेमिफाइनल खेलमा आइडलका आयुष श्रेष्ठले एक मात्र निर्णायक गोल गर्दै आफ्नो टिमलाई सेमिफाइनलको यात्रा तय गरे । उक्त खेलमा मेरिल्याण्डका नाम्योग लिम्वु म्यान अफ द म्याच घोषित भए ।

विहिवारदेखि प्लेट च्याम्पियन खेल पनि सुरु भएको छ । प्लेट तर्फको पहिलो खेलमा डिपो स्कुलले नवज्योति स्कुललाई टाइवेकरमा २–० गोल अन्तरले र सेक्रेटहर्टले सृजना स्कुललाई टाइवेकरमा नै ४–३ गोल अन्तरले पराजित गरेका छन । दुवै खेलमा निर्धारित समयसम्म दुवै तर्फ गोल हुन नसके पछि खेल टाइवेकरमा गएको थियो । डिपो कपको पहिलो चरण पराजित टिमले मात्र प्लेट च्याम्पियन खेल्न पाउनेछ ।

डिपो कपको भोलिको सेमिफाइनल खेल विष्णु स्कुल र लिटल फ्लावर्स, महेन्द्र मेमोरियल र इस्र्टन विच हुनेछ । त्यस्तै गरि प्लेट तर्फ सत्यशिशु र वेलिइवर्स पञ्चकन्या, कामे्रल धरान आदर्श विच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।