ताप्लेजुङ/ताप्लेजुङको एकमात्र गुरुङ संग्राहलय आर्थिक अभावका कारण व्यवस्थपनमा समस्या भएको छ ।

सदरमुकाम फुङलिङ्का गुरुङ समुदायका महिलाहरुले पर्यटन प्रवद्र्धनलाई टेवा पुर्याउने उद्धेश्यका साथ स्थापना गरेको गुरुङ सांस्कृतिक संग्रहालय आर्थिक अभावका कारण व्यवस्थित हुन सकेको छैन ।

कार्यलय व्यवस्थापन र कर्मचारी खर्चको नै व्यवस्थापन गर्न नसक्दा संग्रहालय नै संकटमा परेको छ । स्थानिय महिलाहरुले विभिन्न निकायबाट सहयोग जुटाई करिब १० लाख रुपयाको सहयोगमा २०६२ सालमा संग्राहलयको भवन स्थापना गरेका थिए ।

स्थानिय हाम्रो महिला समुहको पहलमा सुरुवात भएको संग्रहालयमा गुरुङ जातीको ऐतिहाँसिक सामग्रीहरु राखिएको छ ।

तर व्यावस्थापकिय समस्याका कारण उलेख्य रुपमा पर्यटक तथा अवलोकनकर्ता आउन नसकेको आमा समुहका उपाध्यक्ष सिता गुरुङले बताईन् । “हामीले सबैलाई चन्दा मागेर भएपनि यत्तिको बनायौँ ।,” उपाध्यक्ष गुरुङले भनिन्, “बजेट अभावका कारण अरु त केहि गर्न सकेका छैनौँ ।,” कुनै कुनै साल त समुहको अडिट गर्न समेत समस्या हुने गरेको उनको अनुभव छ ।

संग्राहलयमा गुरुङ समुदायले प्रयोग गर्ने ऐतिहासिक ढिकी, जाँतो, चौंठो, हर्पे, जरु, चुङगे, घुम, साँस्कृतिक भेषभुषा लगायत गुरुङ संस्कृति झल्कने पुराना सामाग्रीहरु राखिएको छ ।

संग्राहलय भित्र प्रायः गुरुङहरुको साँस्कृतिक तथा ऐतिहासिक सामग्रीहरु संकलन गरि सकेको समुहका पदाधिकारीहरुको भनाई छ । संग्राहलय भित्र बत्तिको समेत व्यवस्था गर्न नसकेको स्थानिय खड्गबहादुर गुरुङले बताए । “हामीले संग्राहलय भित्र रहेका सामग्रीहरु समेत व्यवस्थित दंगले सजाएर राख्न सकेका छैनौँ ।,” गुरुङले भने, “ताप्लेजुङ जिल्लाका गुरुङ समुदायका व्याक्तिहरु देश परदेशमा गएका छैन् ।

तर उनिहरुको नजर त्यति साह्रो परेको छैन् ।” संग्राहलय निमार्ण गर्ने क्रममा पूर्व मन्त्रि सुर्यमान गुरुङ हुँदा संसद विकास कोसको रकमबाट केहि सहयोग गरेका थिए ।

त्यस पछि विभिन्न समयमा सरकारी स्तरबाट सहयोग भएपनि थोरै मात्र बजेट विनियोजन भएका कारण देखिने गरि काम गर्न नसकिएको आमा समुहका उपाध्यक्ष सिता गुरुङले बताईन् । पछिल्लो समय फुङलिङ् नगरपालिकाले समेत केहि रकम सहयोग गरेको उनिहरुको भनाई छ ।

सो रकमबाट संग्राहलयको भौतिक विकास मै खर्च गरेको बताईएको छ । “हामीले यस्लाई सबै सामु पुर्याउनको लागि प्रचार प्रसारलाई व्यापक बनाउनुपर्ने हो ।, तर सकिराखेका छैनौँ ।,” खड्ग बहादुर गुरुङ्ले भने ।

जिल्लाको पर्यटन प्रवद्र्धनलाई थप टेवा पुर्याउन र पुरानो साँस्कृतिक सामग्रीको संरक्षण गर्ने उद्धेश्यले संग्राहलयको निर्माण गरिए पनि आर्थिक अभावकै कारण संग्राहलयको व्यवस्थापन गर्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ ।