धरान/ गाेर्खा भूतपूर्व सैनिक संघ गेसाेकाे अान्दाेलनमा पत्रकार, संचारकर्मीले साथ दिएर लाग्नु पर्ने ब्लाष्ट दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक किशाेरकुमार कार्कीले बताएका छन् ।  गेसाेले अाइतबार धरानमा अायाेजना गरेकाे पत्रकार सम्मेलन तथा अन्तर्क्रियामा सम्पादक कार्कीले यस्ताे बताएका हुन् । 

गार्खाहरूकाे न्यायकाे अान्दाेलन भएकाले विश्वभरिका संचारकर्मीले प्रमुखताका साथ  विषय उठान गरिरहेकाले नेपाली पत्रकारले  विषय र मुद्दालार्इ उठान गरी राज्यलार्इ घच्घच्याउनु पर्ने सम्पादक कार्कीले बताए । गाेर्खाहरूले विश्वमा नेपाल र नेपालीकाे पहिचानलार्इ गाैरवान्वित तुल्याएकाे प्रसंग उल्लेख गर्दै सम्पादक कार्कीले न्यायिक लडाइँमा पत्रकार चुक्न नहुने उल्लेख गरे । 

उनले गेसाेकाे अान्दाेलनलार्इ नेपाली पत्रकारिताकाे जगतले साथ र सहयाेग गरिरहने  बताउँदै अागामी अभियानमा गेसाेलार्इ सफलताकाे शुभकामना समेत दिए ।