मधुमल्ला/ मोरङको मिक्लाजुङ गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा प्रमोद चौधरी आएका छन् ।

यस अघी मिक्लाजुङको प्रमुुख प्रशासकिय अधिकृत युवराज आचार्य कार्यरत थिए । आचार्यको ललितपुरको बाग्मती गाउँपालिकामा सरुवा भएकाले आचार्यको ठाउँमा चौधरी आएका हुन । यस अघि चौधरी मोरङको ग्रामथान गाउँपालिकामा कार्यरत थिए ।

आइतबार मिक्लाजुङ गाउँपालिकाको सभाहलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी चौधरीलाई स्वागत र आचार्यलाई बिदाई गरिएको थियो । यस्तै मिक्लाजुङ गाउँपालिकाका लेखापाल राजेस खतिवडाको पनी विदाई गरिएको छ ।

खतिवडा धनकुटा सरुवा भइ गएको बताईएको छ ।