कामठाडौं / चीनमा जारी विश्व सुन्दरी प्रतियोगितामा नेपालकी श्रृङखला खतिवडाले मल्टिमिडिया अवार्ड जित्न सफल भएकीछन् ।
हेड टु हेड च्यालेन्जबाट हार बेहोरेकी शृङ्खलालाई फाईनलमा पुग्न मल्टिमिडिया अवार्ड ठूलो माध्यम बनेको छ । मिस वर्ल्डको अफिसियल फेसबुक पेजमा श्रृङखलाले मल्टिमिडिया अवार्ड जितेको भिडियो सार्बजनिक गरिएको छ ।
मिस नेपाल शृंखला खतिवडा मिस वल्र्ड २०१८ को टप ३० मा प्रवेश गरेकी छिन् । शृंखला खतिवडा प्रतियोगिताको “फाइनल राउण्ड” मा पुगेकी छन् । “मल्टिमिडिया प्रयोग” तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । नेपालको प्रतिनिधित्व गरेकी शृंखला चीनको पर्यटकीय सहर सान्यामा जारी प्रतियोगितामा केन्या र मेक्सिकोका सुन्दरीलाई पछि पार्दै मल्टिमिडिया अवार्ड हात पार्न सफल भएकी हुन् । यो अवार्ड पाएसँगै उनी टप ३० मा परेकी हुन् ।

यो भएसँगैं अब नेपापले विश्व सुन्दरीको ताज पाउँन सक्ने सम्भावना बलियो बन्दैं गएको छ । फाईनलको यात्रामा शृङ्खलाले पाएको चुनौतीलाई नेपालीले खुलेर सपोर्ट गर्दै आज उनी फाईनलमा पुगेकी छिन् । यतिबेला मिस वर्ल्डको चर्चा नेपालमा बिगतको बर्षमा भन्दा बढी नेपालमा भैरहेको छ । श्रृङखलाको सामाजिक कार्य, आत्मविश्वास र प्रस्तुतीकरण चर्चाको शिखरमा छ । उनको जीतका लागि सारा नेपालीले सहयोग गरिरहेका छन् । मिस वर्ल्ड–२०१८’को फाइनल यही मंसिर २२ गते अर्थात डिसेम्बर ८ मा चीनको सान्या सहरमा हुँदैछ ।

https://www.missworld.com/#/news/1532

shrenkhala