धरानमा आफ्नै साथीको हत्याः ५ पक्राउ

alt
  • मंसिर १८, २०७५
  • १६,५५९ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान / आफ्नै साथीहको हत्या आरोपमा धरानबाट ५ जना पक्राउ परेका छन् । शिकार खेल्न धरान १७ स्थित उदय सामुदायिक वनमा जादा आफ्नै साथीको गोली हानी हत्या गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

धरान १७, उदय टोलस्थित नमस्ते चोकका २१ बर्षीय आशिष ठटालको शव गाडेको अवस्थामा सोमबार फेला परेको थियो । आशिषका दाजुले सोमबार नै ११ दिनदेखि भाई हराएयको भनेर प्रहरीलाई उजुरी गरेका थिए । तत्काल अपरेशनमा निस्किएको प्रहरीले उनका साथीहरुकमल गुरुङ , हेम राई, आविसस्कार लिम्बु, मोहन बराईली र सन्जेल राई गरि  ५ जनालाई सोमबार नै नियन्त्रणमा लिएर अनुसनधान थालेको थियो । पक्राउ परेकाहरुले शव गाडेको ठाउँ देखाइदिए पछि प्रहरी र फरेन्सिक विज्ञसहितको टोलीले उदय वनमा गएर शव उत्खनन गरेका थिए । शवलाई एउटा बोरामा पोका पारेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
करिब ११ दिनअघिदेखि आशिष ठटाल घर फर्किएका थिएनन् । सबैतिर खोजी गर्दा पनि उनलाई नभेटिए पछि परिवारले प्रहरीमा उजुरी दिएको थियो ।  वयानको क्रममा आफुहरु शिकार खेल्न जादा हत्या गरेर शव गाडेको वयान दिएका थिए । राती जंगली जनावरलाई भनेर गोली हान्दा साथी परेको बताइएको छ । घट्नालाई ढाकछोप गर्न उनीहरुले राती नै साथीको शव पुरेको पाइएको इलाका प्रहरी कार्यालय धरानका ढिएसपी सुमन तिम्सिनाले जानकारी दिए । घट्नाबारे अनुसनधान भईरहेको प्रहरीले जनाएको छ । पक्राउ परेका ५ जनालाई मंगलबार अदालतबाट भ्याद थप गर्न जिल्ला अदालत इनरुवा लगिएको छ । आज अदालतमा म्याद थप गरि घट्नाबारे थप अनुसन्धान गरिने डिएसपी तिम्सिनाले जानकारी दिए । भरुवा बन्दुक १ नाल  र उनीहरूले सिकार गर्न लगेको अर्को भरुवा बन्दुक  १ समेत सोही जंगलमा लुकाएको अवस्थामा प्रहरीले  फेला पारेकाे थियाे । 

 

इडेनको शैक्षिक मेलाक

धरान  । वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरूला

कर्ण दास र मीरा राणा

जिन्दगीको के भरोसा ... यो गीत डेढ दशकअगाडि निकै लोकप्

नेपालीभाषी २ साहित्य

पथरीशनिश्चरे । भारतको विहार हिन्दी साहित्य सम्मेलनले सि

इटहरीमा मारुनीको कन्

इटहरी । यही भदौ १३ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘


हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2019 - Blastkhabar.com All rights reserved