धरान । थुप्रै फिल्मी पर्दामा देखिएका हलिउड अभिनेता मोर्गन फ्रिम्यानलाई नेपालीहरूले प्रत्यक्ष हेर्ने मौका प्राप्त गरेका छन् ।

युनिभर्सिटी अफ नर्थ टेक्ससको आकिारिक ट्वीटरमा मोर्गन नेपाल आएको जानकारी दिएको छ । उनी सर्ट फिल्म छायांकनकै लागि नेपाल आएको बताइन्छ । नेपाली फ्यानहरूलाई थाहै नदिई सुटुक्क आइपुगेका उनी ‘द स्टोरी अफ गडु’ नामक टेलिसिरियलको छायांकनको लागि नेपाल आएका हुन् ।

उनी नेपालको विभिन्न स्थानमा घुम्ने छन् । ८१ वर्षीय मोर्गन अस्कर अवार्डसमेत जित्न सफल छन् । फिल्म ‘इन्भिक्टस’ मा उनले नेल्सन मण्डेलाको भूमिकामा खेलेका थिए । जुन अत्यधिक रूचाइएको थियो भने जसबाट उनी चर्चितसमेत बनेका थिए ।