विजयपुर / धरानमा जारी दोस्रो मेयरकप स्कुल ओलम्पीक अन्र्तगतविहिबार विहिबार भएको कबड्डी खेलको फाइनल खेलमा केके इन्टरनेशनल स्कुलले स्वर्ण पदक जितेको छ । कवड्डीमा सुनाखरीले कास्य पदक जितेको छ भने धरान लिगामेन्ट स्कुलले रजत पदक जितेको छ ।

कवड्डी खेलका संयोजक तरुणकुमार यादबका अनुसार धरानका १८ वटा विद्यालयले कबडडी खेलमा सहभागिता जनाएका थिए ।

यो सँग मेयरकप स्कुल ओलम्पीकका आठ ओटा खेलहरु सम्पन्न भएका छन् ।‘ अब फुटबल,क्रिकेट,कराँते र टेवलटेनीस खेलको मात्र फाईनल खेल हुन बाँकी छ ’ नगर खेलकुद विकास समितीका अध्यक्ष सुवास राईले भने ।

उनका अनुसार प्रत्येक खेलको फाइनल खेलसँगै खेलाडीहरुलाई पदक वितरण कार्य कार्यपनिसँगै भईरहेको छ । यसैगरी विहीबार भएको क्रिकट खेलमा विष्णु मेमोरयल बोर्डिङ स्कूल र युरेका आवासीय मावि सेमी फाइनलमा प्रवेश गरेका छन् ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका १ नंं ग्राउण्डमा सम्पन्न खेलमा विष्णुले सैनिक आवासीय माविलाई ६८ रनले विजयी हासिल गरेको हो भने युरेकाले पर्वत बोर्डिङ स्कुललाई १३ रनले हराउदै सेमी फाइनलको यात्रा तय गरेको हो ।