धनकुटा/मदन भण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा धनकुटामा जारी प्रदेश स्तरिय भलिवल प्रतियोगितामा झापा फाईनल प्रवेश गरेको छ ।

बुधबार भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई २५-२२, २५-१४ र २५-२१ को सोझो सेटमा पराजीतगर्दै झापाले उपाधी भिडन्तको यात्रा तय गरेको हो ।

यसैगरी ओखलढुंगा र सुनसरी बीचभएको दोश्रो सेमीफाईनल भने खेल जारी रहको अवस्थामै अँध्यारो भएपछि भोली विहानलाई सारिएको छ ।  भोलीे विहिबारसम्म संचालनहुने प्रतियोगितामा प्रथमहुने टीमले एकलाख ५१ हजार एकसय सय ११ रुपैयाँ नगद प्राप्त गर्नेछ । त्यस्तै दोस्रो हुनेले एकलाख, एकहजार, एकसय ११ रुपैयाँ तथा तेस्रो हुनेले ५१ हजार एकसय ११ रुपैयाँ नगद प्राप्त गर्ने छन् ।

प्रतियोगितामा प्रदेश नम्बर एकका १४ वटा टीमको सहभागिता छ ।