वासिङ्टन । अमेरिकी सिमा सुरक्षाबलले मेक्सीकोसँगको सिमाक्षेत्रबाट ४२ जना आप्रवासीहरुलाई नियन्त्रणमा लिएको छ । 

सिमा सुरक्षाबलका प्रमुख रोड्नी स्कटले सोमबार दिएको जानकारी अनुसार सिमा पार गरेर आएकाहरुलाई पक्राउ गरिएको हो । “सिमाना नाघेर अमेरिका प्रवेश गरेका ४२ जनालाई नियन्त्रणमा लिइएको छ,” स्कटले सान डेगो सेक्टर वोर्डरमा सिएनएनसँग भने । उनले पक्राउ परेकामध्ये अधिकांश पुरुष रहेको पनि जानकारी दिनुभयो । अमेरिका र मेक्सिकोको सीमाक्षेत्रमा विगत लामो समयदेखि आप्रवासीसम्वन्धी विवाद हुदै आएको छ ।