गलकोट । बागलुङको ढोरपाटन नगरपालिका–९ नवीगाउँमा आज बिहान २ बजे आगलागी हुँदा ३० घर पूर्ण रूपमा जलेर नष्ट भएका छन् । 

नवीगाउँमा लागेको आगो बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी इन्द्र शाहीले बताए । नेपाली सेनाको हुनमानध्वज गुल्मका गुल्मपती सेनानी रविराम खड्काको नेतृत्वमा सेना र ढोरपाटन शिकार आरक्षका कर्मचारीको टोलीले बिहान मात्रै आगो नियन्त्रणमा लिएको थियो । 

चिसो मौसमका कारण स्थानीय घुम्ती बसाइँका लागि तल्लो वोबाङ तथा अन्य ठाउँमा सरेका कारण स्थानीयवासी नभएको समयमा आगो लागेको हो । नेपाली सेना र आरक्षका कर्मचारीको टोलीले गाउँनै आगो लाग्नबाट बचाएको आरक्षका कर्मचारी वीरबहादुर थापाले बताए। स्थानीयवासी आइसकेपछि मात्र घटनाको थप विवरण आउने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार घरहरु एकापसमा जोडिएका कारण क्षति पुगेका घर बढ्न सक्ने छ ।