जिरोपोइन्ट  / डिपो मावि धरानले गर्दै आएको जिल्ला स्तरीय ‘ललित–अम्बर डिपो कप’ काे १५ औं संस्करण यही मंसिर १६ गतेदेखि गर्ने भएको छ ।
प्रतियोगितामा सुनसरीका विभिन्न १६ वटा निजि विद्यालयका कक्षा ५ भन्दा मुनिका बालबालिकाहरूको सहभागीता रहने मंगलबार पत्रकार सम्मेलन गरी विद्यालयले जानकरी दिएको छ ।
सोही खेलमा पहिलो चरणमा पराजित हुने टिमले पुनः ‘दिलकुमार प्लेट च्याम्पियन कप २०७५’को उपाधिको लागि समेत खेल्ने अवसर पाउने डिपो माविका प्रचार्य राजकुमार राईले जानकारी दिए । विद्यालयले डिपो कप र प्लेट च्याम्पियन कपको लोगो पनि सार्वजनिक गरेको छ । विद्यालयमा अध्यनरत ४० जना विद्ययार्थीमा गराइएको लोगो निर्माण प्रतिष्पर्धामा कक्षा १० मा अध्यनरत समय महतोको लोगो उत्कृष्ट भएको बताइएको छ । विजयी महतोलाई फुटबल प्रतियोगिताको समापनका
२५ ÷ २५ मिनेट प्रतियोगितामा कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरुले मात्र सहभागी हुन पाउनेछन् । खेलाडीको उचाइ ४ फिट १० इन्च ताकिएको छ । किपरको उचाइमा भने ४ फिट ११ इन्च सम्मलाई मान्यता दिइने बताइएको छ ।
ललित–अम्बर डिपो कपको विजेताले नगद रु.१० हजार सहित रनिङ सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेताले नगद रु.५ हजार र तृतीयले नगद रु.३ हजार सहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगीताको अनुमानित खर्च ३ लाख ७२ हजार १ सय ९४ रुपैया रहेको आयोजकले जनाएको छ । उक्त रकम ललित–अम्बर अक्षय कोष र स्व. दिलकुमार स्मृति कोष, प्रायोजक र विभिन्न दाता र प्रवेश शुल्कबाट प्राप्त हुनेबताइएको छ । प्रति टिम प्रवेश शुल्क २ हजार तोकिएको थियो ।
बालबालिकाहरु भित्र लुकेर रहेको प्रतिभालाई स्थान दिन प्रत्येक बर्ष प्रतियोगिता गराउदै आएको विद्यालयका अध्यक्ष तथा प्रतियोगिता संयोजक भीमराज लिम्बुले जानकारी दिए ।