काठमाडौं  / नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आफ्नो पार्टीमा एक हजार मुद्दा दर्ता भएको जानकारी दिएको छ । पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म सो संख्याको मुद्धा दर्ता भएका छन् । आधिकांश घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत मुद्धा रहेको पार्टीले जनाएको छ । तीमध्ये आठ सय मुद्दा टुङ्ग्याई सकिएको बताइएको छ । पार्टीका विद्यार्थी नेता मदन केसीले सरकार मातहत रहेका अदालतले टुङग्याउन नसकेका मुद्दाहरु टुङ्ग्याएको दावी गरेका छन् । जनअदालतमा घरायसी झग्डा, भ्रष्टाचार, ठगी, लेनदेन जस्ता मुद्दा दर्ता भएको उनले बताए । उनका अनुसार जनअदालतहरु सबै स्थानीय तहमा गठन गरिएका छन् ।