श्री शालिवाहनीय शाके १९४० वि.सं. २०७५ साल ने. सं. ११३८ कार्तिक २ गते आइतबार, १८ नोभेम्बर २०१८ । कार्तिक शुक्लपक्षको दशमी तिथि १०ः४९ बजेसम्म उप्रान्त एकादशी, नक्षत्र पूर्वभाद्रपदा १४ः५७ बजेसम्म, उप्रान्त उत्तरभाद्रपदा, चन्द्रमाराशि कुम्भ, सूर्योदय ६ः२८ र सूर्यास्त ५ः७ मा हुनेछ । मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ) समय उत्तमखालको छ । विशिष्ट व्यक्तिको साथ र समर्थन प्राप्त भइरहला । राजनैतिक निकायमा तपाइको उच्च स्थान हुनेछ । वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा अविश्वास उत्पन्न हुनेछ । गरिराखेको कृषि व्यवसायबाट मन अघाउन सक्छ । विश्वास पात्रबाट धोका होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । समाजका गन्यमान्य व्यत्तिसित रमाइलो भेटघाट हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अध्ययन अध्यापनमा रुची बढ्नेछ । जागीरमा बढुवा तथा स्थानान्तरण होला । पारिवारिक जीवनमा खुसीयाली छाउला । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) समय उत्तमखालको छ । सानो कामबाट ठूलै उपलब्धि हासिल गर्न सफल भइएला । महिला मित्रको विशेष सहयोग मिल्ला । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) शिर तथा आँखा सम्बन्धि समस्याले निकै सताउला । कार्य व्यवसायमा विघ्न वाधाहरु आइपर्न सक्छ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) समय सामान्यखालको छ । महत्वपूर्ण काममा विघ्न वाधाहरु आइपर्न सक्छ । अधिकार प्राप्तीका लागि निकै संघर्ष गर्नुपर्ला । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कला तथा साहित्यको क्षेत्रमा रुची बढ्नेछ । मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । शुभ समाचार सुन्न पाइएला । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) धर्म कर्म तथा समाजसेवामा मन लाग्नेछ । सानो प्रयासले ठूलै उपब्धि हासिल होला । रमाइलो वतावरणमा दिन वित्ला । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) समय मध्यमखालको छ । बन्न लागेको काममा विघ्न वाधाहरु आइपर्न सक्छ । विश्वास पात्रबाट धोका नहोला भन्न सकिन्न । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) ठेक्का पट्टा तथा पर्यटन व्यवसायमा रुची बढ्नेछ । नपत्याएका व्यक्तिहरुबाट उचित सहयोग मिल्ला । रमाइलो वतावरणमा दिन वित्ला । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) समय राम्रो छ । नयाँ कार्य व्यवसायको शुभारम्भ होला । साथीभाई तथा आफन्तको सहयोग प्राप्त भइरहला ।