पथरी /  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रि भानुभक्त ढकालले देशमा विकास गर्न पाँच बर्ष म्यान्डेट लिएर आएकाले अहिले हतार नर्गन जनतालाई आग्रह गरेका छन् । मोरङको कानेपोखरी–६ मा रहेको रमाइलो बचत तथा सहकारी संस्थाको २५ औं साधरण सभा उद्घाटन गर्दै मन्त्रि ढकालले सो कुरा बताएका हुन । उनले पहिले पहिले स्थिर सरकार नगएकोले ९ महिने सरकारले कति लोकप्रिय बन्ने भनेर कार्यक्रम तय गरे पनि सरकार ढले पछि काम नहुँने भएकोले अहिले काम नगरेर लोकप्रिय बन्ने भन्दा पनि पाँच बर्षमा विकासको गतिले सुन्दर नेपाल बनाएर लोकप्रिय बन्ने योजना रहेको सुनाए ।  क्षेत्र नं. ३ का ४ वटा खोलाले बढी क्षति पुरयाई रहेको बताउँर्दै यसको दीर्घकालीन योजना बन्दै गरेको मन्त्रि ढकालले बताए । बेलबारी,पथरीशनिश्चरे र कानेपोखरी सुकुम्बासी समस्या धरै छ । यसको समाधान निती तथा कानुन बनाएर गर्नु पर्ने भएकोले केहि समय लाग्ने भएता पनि सुकुम्बासी र दोहोरो स्वामित्वको जग्गा सम्बन्धी समस्याको समाधान यसै सरकारले गर्ने भएकोले नआतिन मन्त्री ढकालले सुझाए । मन्त्री ढकालले सरकारले अवको आर्थिक बर्षमा वृद्ध–वृद्धाका लागि सामाजिक सुरक्षा भत्ता वृद्धि गर्ने बताए । उनले आगामी वर्षको नीति तथा कार्यक्रमा गत बर्ष क्षति पुर्ति सहित भत्ता बढाउने बताउने उनले बताए । सभामा मन्त्री ढकालले संस्थाले प्रकाशन गरेको स्मारिका पनि बिमोचन गरेका थिए । साधारण सभामा संस्थाले १ करोड १७ लाख ३४ हजार ९ सय ८९ रुपैया नाफा गरेको प्रतिवेदन सभामा प्रस्तुत गरेको थियो । संस्थाको कोषाअध्यक्ष डिल्ली प्रसाद ओझाले आर्थिक बर्ष २०७४/०७५ मा सो बराबर रकम शुद्ध बचत गरेको सभामा सार्वजानिक गरेका थिए । गत बर्ष १ करोड ५ लाख ६६ हजार ९ सय ८ रुपैया शुद्ध बचत गरेको थियो । गत बर्षको तुलनामा यस बर्ष २८.११.०५ प्रतिशत शुद्ध बचत गरेको थियो । संस्थाले कुल आम्दानी २ करोड ९५ लाख १ हजार ४ सय १० रुपैया गरेको छ भने व्याज भुक्तानी १ करोड ३९ लाख,२३ हजार ९ सय ५० रुपैया गरेको छ । त्यसैगरी संस्थाको ९६ लाख,२४ हजार ४ सय ६१ रुपैया र कोष हिसाब ३ करोड ३९ लाख ४० हजार ५ सय ८८ रहेको छ ।