धरान / सुनसरीमा बैशाख यता ९ वटा बलात्कारका घट्ना भएका छन् । साउनमा मात्रै ४ वटा बलात्कारका घट्ना भएको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुनसरीले जनाएको छ । मिडियामा आएका ९ वटा घट्नामा ७ जना वालिका बताल्कारको शिकार भएको तथ्याङ्क इन्सेकले सार्वजनिक गरेको छ ।  सबै घट्नामा प्रलोभनमा पारेर बलात्कार गरेको पाईएको जिल्ला प्रहरी कार्यायका एसपी राजन अधिकारीले जानकारी दिए । धरान उपमहानगरपालिका ११ बस्दै आएकी १७ वर्षिया बालिकालाई गत बैशाख १६ गते पाचथर पौवेसे गाउँपालिका ३ का १७ वर्षिय नरेन लिम्बुले राती पीडितकै घरमा पुगी बलात्कार गरेको सार्वजनिक भएको थियो । पीडितका आफन्तले घटना सुरुमा लुकाउने प्रयास गरेको तर भोली पल्ट स्वास्थ्य परीक्षण र उपचार गराइले प्रइलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका थिए । प्रहरीले पीडकलाई साउन २ गते पक्राउ गरि सुनसरी जिल्ला अदालतमा मुद्धा चलाएका छ । अदालतले पुरपक्षका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । गत बैशाख २ गते इनरुवा नगरपालिका ९ बस्दै आएकी १४ वर्षिया एक बालिकालाई कोशी गाउँपालिका ३ का ३० वर्षिय इनरदेव दासले राती पीडितको गुहाली घरमा बलात्कार गरेको घट्ना सार्वजनिक भएको थियो । प्रहरीले पीडकलाई भदौ २२ गते गरि मुद्धा चलाएको छ । सुनसरी जिल्ला हरिनगर गाउँपालिका ०३ की ११ वषिया बालिकालाई गत साउन ८ गते सोही गाउँपालिका ५ का १७ वर्षिय दिनेशकुमार मेहताले बजार घुम्न लाने बाहानामा जवरजस्ती करणी गरेका थिए । मेहतालाई साउन ३१ गते पक्राउ गरि प्रहरीले मुद्धा चलाएको सुनसरी इन्सेक प्रतिनिधि जयकृष्ण यादवले जानकारी दिए । उनका अनुसार बराहक्षेत्र नगरपालिका ०५ की २९ वर्षिया महिलालाई गत साउन ०९ गते कोशी गाउँपालिका ०३ का २८ वर्षिय ओमप्रकाश शाह र सोही ठाउँका २१ वर्षिय सरफराज अांसरीले सामुहिक बलात्कार गरेका थिए । सामुहिक बलात्कारको सिकार बनेकी पीडितको ०७५ साउन १० गते विपि कोईराला स्वास्थ्य विज्ञान प्रष्तिठान धरानमास्वास्थ्य परीक्षण गरी साउन १० गते जिल्ला प्रहरी कार्यालय इनरुवामा पीडक विरुद्ध उजुरी दर्ता गराएका थिए । । पीडक मध्ये शाहलाई सोही दिन पक्राउ परेका छन् । अर्का आसरी भने फरार छन् । उनलाई घुमाउन लाने वहानामा कोशी टप्पुमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । साहलाई सुनसरी जिल्ला अदालतले भदौं ५ गते २७ हजार रुपियाँ धरौटीमा रिहा गरेको प्रहरी जनाएको छ । यस्तै इटहरी उपमहानगरपालिका १४ बस्दै आएकी ७ वर्षिया बालिकालाई ०७५ साउन ५ गते दुहवी नपा ७ का ६५ वर्षिय मोहमद शहिदले दिउसै पाहुना आएको घरमा बलात्कार गरेको घट्ना सार्वजनिक भएको थियो । पीडितका आफन्तले सोही भोली पल्ट स्वास्थ्य परीक्षण र उपचार गराएइ साउन ६ गते पीडक विरुद्ध इलाका प्रहरी कार्यालय पकलीमा उजुरी गरे । साउन ६ गते नै पक्राउ परेका शहिदलाई अदालतले साउन २८ गते पुरपक्षका लागि कारागार चलान गरेको प्रहरीले बताएको छ । पीडितका आफन्तले ०४ दर्ता नम्बरमा उजुरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा गरेको हो । पीडक विरुद्ध मुद्धा जारी रहेको डिएसपी ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिएका छन् । धरान उपमहानगरपालिका–५, साउने टोलकी १७ वर्षीया बालिकालाई आफनै आफन्त पर्ने झमक बस्नेतले बलात्कार गरेको घट्ना सार्वजनिक भएको थियो । असार ७ गते सार्वजनिक भएर ८ गते पीडक विरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी परेको थियो । बस्नेतले ती बालिकालाई १ बर्षदेखि यौन शोषण गर्दै आएको घट्ना सार्वजनिक भएको थियो । प्रहरीमा उजुरी परे पछि पीडक फरार छन् । हालसम्म प्रहरीले पक्राउ गर्न सकेको छैन् । पीडित बालिका भने घर बस्न नसकेर विस्थापीत भएकी छन् । उनलाई काठमाण्डौको एक संस्थाले संरक्षण गरेर राखेको छ । यस्तै देबानगञ्ज गाउँपालिका ३ की १५ वर्षिया बालिकालाई साउन १ गते सोही गाउँपालिका ४ का २१ वर्षिय मनिषकुमार मेहताले बलात्कार गरेका थिए । मेहताले बजार घुम्न लाने बाहानामा जवरजस्ती करणी गरेको हो । बलात्कारको सिकार बनेकी पीडितको ०७५ साउन १७ गते इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरि साउन १७ गते जिल्ला प्रहरी कार्यालय इनरुवामा पीडक विरुद्ध उजुरी दर्ता गराए । सोही दिन पक्राउ परेका महता अहिले थुनामा छन् । इनरुवा गाउँपालिका ६ बस्दै आएकी भुटानी शर्णार्थी २४ वर्षिया युवतीलाई भदौं ९ गते दुहवी नगरपालिका ६ का २१ वर्षिय भोला परियार , रामधुनी नगरपालिका १ का १९ वर्षिय राहुल मगर र सोही ठाउँका १९ वर्षिय मो. जन्नत मियाँले राती लिफ्ट दिने नाममा सामूहिक जवरजस्ती करणी बलात्कार गरेका थिए । सामुहिक बलात्कारको शिकार भएकी पीडितका आफन्तले भदौ ९ गते नै उजुरी जिल्ला प्रहरी कार्यालय सुनसरीमा दर्ता गरेका थिए । उनीहरु तीने जनालाई प्रहरीले पक्राउ गरि थुनामा राखेको छ । यस्तै धरान उपमहा नगरपालिका ५ बस्दै आएकी १७ वर्षिया बालिकालाई भदौ २४ गते धरान १७ का १९ वर्षिय विशाल रम्तेलले राती पीडितको घरमा बलात्कार गरेको घटना सार्वजनिक भएको थियो । पीडितका आफन्तले भदौ २८ गते पीडक विरुद्ध उजुरी इलाका प्रहरी कार्यालय सुनसरीमा गरेका थिए । सोही दिन पक्राउ गरि सुनसरी जिल्ला अदालतमा मुद्धा चलाएकोको छ ।