धरान / अदालती कारवाही, प्रक्रिया र न्यायमा सबैको पहुच पु¥याउने उद्देश्यले शुक्रबार धरानमा जिल्ला अदालत सुनसरीले अन्र्तक्रिया गरेको छ । न्यायमा बहाय पहँुच तथा कानुन सम्बन्धि भएको अन्र्तक्रियामा स्थानीय तहमा न्याय सम्बन्धि आउने समस्या तथा न्याय निरुपणमा भएको कठिनाईबारे छलफल भएको थियो । धरान उपमहानगरका विभिन्न वडाका वडा अध्यक्षहरु, न्यायपालिकाका सदस्यहरु, वडा सदस्यहरुले न्याय सम्बन्धिका समस्याहरुबारे जिज्ञासा राखेका थिए । धरान १५ नं. वडा अध्यक्ष ज्ञानेन्द्र बस्नेतले कतिपय मुद्धाहरु अदालतबाट स्थानीय तहका न्यायसमितिमा आउने गरेको र त्यस्ता मुद्धा न्यायसमितिले निरुपण गर्ने विषयको अन्यौताबारे जिज्ञासा राखे । २ नं. वडा अध्यक्ष माधवगोविन्द श्रेष्ठले अदालतमा वकिलहरुले मुद्धा लम्बाएर ढिलो न्याय दिने प्रवृति बढेको भन्दै यस्तो किन हुने गरेको भन्दै प्रश्न गरेका थिए । कार्यक्रममा सहभागीहरुले कुनै पनि मुद्धा विपन्न परिवारले न्यायमा पहुँच पाउन नसकेको गुनासो राखेका थिए । पीडित पक्ष आर्थिक रुपमा कमजोर भए उसले कहिल्यै न्याय नपाएको सहभागीहरुले गुनासो राखेका थिए । स्थानीयको गुनासोबारे न्यायधिश धर्मराज पौडेलले स्पष्ट पारेका थिए । उनले भदाै १ गतेदेखि लागु भएकाे मुदुकी संहिताबारे पनि जानकारी गराएका थिए । न्यायाधिश पौडेलले महिलावादी ताथ वालवालिकाको मुद्धा पेसी सूचिमा प्राथमिकतामा राखेर न्याय निरुपण गरिने जानकारी दिए । कुनै पनि व्यक्तिले निजी कानुन व्यवसायी राखेर मुद्धा लड्न नसक्ने अवस्थामा जिल्ला वकिलको कार्यलयमा वैधानिक कानुन व्यवसायी रहेका हुने र निवेदन दिएर उक्त कानुन व्यवसायीबाट मुद्धा लड्न ुसकन्ने प्रावधान रहेको पौडेलले जानकारी दिए । प्रमुख न्यायधिश पुरुषोतम ढकालले कानुनले सबै व्यक्तिलाई अधिकार दिएकाले आफ्नो अधिकार जागरुक भएर खोजी गर्न सुझाएका थिए । कार्यक्रममा न्यायधिशहरु धुर्वप्रसाद सापकोटा, नारायणप्रसाद दाहाल, शंकरबहादुर राई, राजेन्द्रकुमार श्रेष्ठ, ध्रुर्वकुमार उप्रेती, मणिराम न्यौपाने, जिल्ला न्यायधिबक्ता गोकुलबहादुर निरौला, जिल्ला वार अध्यक्ष प्रेमपूासद पोखरेल,धरान उपमहानगरकी कार्यवहाक मेयर तथा न्यायीक समितिकी संयोजक मञ्जु भण्डारीलगायतको उपस्थिति रहेको थियो ।