विजयपुर / शुक्रबार साँझ प्रहरीले पेस्तोलसहित तीन कुने चेकपोष्टबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेको नाम भने प्रहरी खुलाउन चाहेका छैन । इलाका प्रहरी कार्यालय धरानका डिएसपी सुमन तिम्सिनाले पेस्तोलसहित  पक्राउ  परेका व्यक्ती  अपराधिक क्रियाकलापका संलग्न भएको आशंका गरेका छन । अनुसन्धानमा बाधा पुग्ने भएकाले नाम सार्वजनिक नगरेकाे उनले बताए । उनले भने, ‘तीनकुने चेकपोष्टमा चेकजचका क्रममा एकनालाई पक्राउ गरेका हौं, भोलि सार्वजनिक गछोै ।’ पक्राउ परेका ती व्यक्ति विगतदेखि नै अपराधिक क्रियाकलापमा संलग्न भएको आंशंका प्रहरीले गरेको छ ।