दोलखा / ‘पुरानो माया’ जस्ता लोकप्रिय सेलो गीत गाएर चर्चामा आएका गायक अमृत लामा योञ्जनको ट्र्याक्टर दुर्घटनामा परी मृत्यु भएको छ । आज बिहान करीब ९ बजे दोलखा, विगु गाउँपालिका–३ बुलुङमा लु ३ त ९७२३ नंको ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार सोही स्थानका ४४ वर्षीय योञ्जनको मृत्यु भएको हो । भिरमुनि गाउँबाट ढुङ्गा लोड गरी पछाडि जाने क्रममा ट्र्याक्टर सडकभन्दा करीब ३२ फिट तल खसेको इलाका प्रहरी कार्यलय सिँगटीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए। योञ्जनको शव परीक्षणका लागि सदरमुकाम चरिकोट पठाइएको छ । (रासस)