विजयपुर /बौद्ध लामाका २१ औ अवतारी गुरु धरानमा आएका छन् । धरान १५ मा रहेको ङ्ग्युर ञीङमा ङयुङने ल्हाखाङ गुम्बाले कार्तिक २४ गतेदेखि आयोजना गरेको १० करोड बज्रगुरु जप, साँस्कृतिक परम्परागत गुरु नृत्य, अभिषेक तथा धर्मदेशना कार्यक्रममा शरण नायक २१ आैं अवतारी दुज्योम साङ्गे पेमा सेपा रिन्पोन्क्षेको धरान आगमन भएको हो ।

प्राणी जगतलाई सुख शान्ति मिलोस् भनेर मंसिर ३ गतेसम्म आयोजना गरिएको कार्यक्रममा २१ औं अवतारी बौद्ध लामा गुरु रिन्पोक्षेको आगमन भएको ङ्ग्युर ञीङमा ङयुङने ल्हाखाङ गुम्बा, धरान १५का अध्यक्ष एवम् कार्यक्रम संयोजक लोकबहादुर थिमले जानकारी दिए । उनले बौद्ध धर्मको पौराणिक परम्परा युवा पुस्ताले विर्सदै गएकोले यसलाई युवा पुस्तासम्म पु¥याउन यो कार्यक्रम आयोजना गरिएको बताए ।

९ दिने कार्यक्रममा १० करोड बज्र गुरु जपसंगै सास्कृतिक पम्परा गुरु नृत्य, अभिष्ेक तथा धर्मदेशना कार्यक्रम रहने उहाले जानकारी दिए । यस प्रकारको कार्यक्रममा पहिलो पटक २१ औं अवतारी गुरुको आगमन भएको नेपाल तामाङ्ग घेदुङ संघका केन्द्रीय सल्लाहकार सुजेन्द्र तामाङले बताए । उनका अनुसार तिब्बतमा रहनु हुने २१ आंै अवतारी गुरु रिन्पोन्क्षेको आगावन ऐतिहासिक भएका बताउदै धरानमा रहेका अन्य गुम्बामासमेत जाने बताइएको छ ।

कार्यक्रममा सातौ अवतारी बौद्ध गुरु टुल्कुका साथै अन्य धर्मगुरुको समेत आगमन रहेको छ । हजारौ धर्मालम्बीहरुले धर्म गुरुहरुको स्वागत गरेका थिए भने बौद्ध धर्ममा प्रयोग गरिने धार्मिक बाजा गाजाहरुको स्वागत सहित गुम्बामा पु¥याइएको थियो । उनाको आगमनमा सुरक्षाकर्मीको समेत बाक्लो उपस्थित रहेको थियो । गुरुले तीनदिनसम्म गुम्बामा धार्मिक प्रवचन दिने आयोजकले जनाएकोे छ ।