पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षका लागि हाल ५ वटा खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष मणि सुब्बाको अध्यक्षतामा बसेको शुक्रवारको बैठकले मंसिर १४ गते वडा नम्वर ७ मा नगरका विद्यालयस्तरीय हाजिरीaजवाफ प्रतियोगिताबाट कार्यक्रमको सुरुवात हुने निर्णय गरेको सचिव नैना साम्पाङले जनाए ।

त्यसैगरी, पुसमा वडा नम्वर २ मा पुरुष भलिबल, पुसमा वडा नम्वर ४ मा तेक्वान्दो, माघमा वडा नम्वर ६ मा म्याराथन र ८ नम्वरमा फागुनमा महिला भलिवल प्रतियोगिता गरिने निर्णय भएको छ । बाँकी रहेका १, ३, ५, ९ र १० नम्वर वडाका लागि अर्काे बैठकले खेलकुद प्रतियोगिताहरुको निर्णय गर्ने सचिव साम्पाङले बताए ।  नगरपालिकाले खेलकुद क्षेत्रको विकासका लागि नगर खेलकुद विकास समिति खडा गरी चालु आर्थिक वर्षमा ११ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।