[caption id="attachment_100294" align="aligncenter" width="3264"] शहिद स्मृति प्रतिष्ठान छिन्ताङ्ग धनकुटाले आयोजना गरेको ४० औं स्मृति सभामा सहभागी अतिथि तथा सम्मानति सहिद परिवार ।
तस्वीर : सन्तवीर लामा[/caption]

धनकुटा/ नेपालको बाम लोकतान्त्रिक आन्दोलनको क्रममा वि.सं.२०३६ सालमा सहादत प्राप्त १६ जना सहिदको सम्झनामा धनकुटाको शहिदभुमी गाउँपालिकाको पञ्चकन्या वजार छिन्ताङमा सहिद स्मृतिसभा गरि सहिदका आफन्तलाई सम्मान गएिको छ ।

बिहिबार शहिद स्मृति प्रतिष्ठान छिन्ताङ्ग धनकुटाले आयोजना गरेको कार्यक्रममा ४० औं स्मृति दिवसको अवसरमा छिन्ताङ्गका विसं २०३६ सालका १६ जना र १० वर्षे जनयुद्धका ५ सहिदका २१ परिवारलाई प्रमाणपत्र, दोसल्ला ओढाएर नगद जनही ५ हजार नगद सहित सम्मान गरिएको छ ।

स्मृति सभालाई नेपाल कम्यूनिष्ट पार्टीका १ नं प्रदेशका सचिव तथा केन्द्रिय सदस्य सुरेश कुमार राई, प्रतिनिधि सभा सदस्य राजेन्द्र राई, प्रदेश नं. १ का आद्यतरिक मामिला अर्थ तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोहाङले सम्मान गरेका थिए ।

कार्यक्रम अघि नेकपाका नेता तथा कार्यकर्ताले पञ्चकन्या बजारमा रहेका १६ जना सहिदहरुको सालिकमा माल्यार्पण गरेका थिए ।

छिन्ताङ्गका सहिदहरुको ४० औं स्मृति दिवस कार्यक्रमलाई सम्बाेधन गर्न नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भनिएता पनि अन्तिम समयमा खराब मौसमको कारण हेलिकप्टर नचलेको भन्दै उपस्थित हुन नसकेको आयोजकले जानकारी गराएको थियो ।

अपरान्ह २ बजेसम्ममा प्रचण्ड आउने भनिएपछि हजारौंका सख्यामा नेता कार्यकर्ता उपस्थित् भएका थिए साडे २ बजे आयोजकले नआउने घोषणा गरेपछि निराश भएका थिए । सहिद स्मृति प्रतिष्ठानका अध्यक्ष रुपलाल राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।